यसरी स्वागत गर्योे ईन्टरनेस्नल स्कुलले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक डा. महावीर पुनलाई

प्रकाशित:

महेन्द्रनगर । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुन वीरगन्ज कृषि औजार कारखाना संञ्चालन गर्र्न पुस्तक बिक्रि गर्ने क्रममा कञ्चनपुर आईपुगेका छन् ।

डा महावीर पुनको जिवन गाथा समेटिएको पुस्तक बिक्री गर्न डा महावीर पुन सोमबार कञ्चनपुर हाईपुगेका हुन ।कृषी औजार कारखाना संञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष राखेर मेचि महाकालीको महाअभियानमा संचालनमा लागेका पुन कञ्चनपुर पुगेपछि महेन्द्रनगरमा रहेको ईन्टरनेस्नल पब्लिक स्कुल परिवारले दिएको निमत्रणालाई स्विकार्दै स्कुलमा पुगेका थिए।

ईन्टरनेस्नल स्कुलका अध्यक्ष लिलाध्वज बस्नेत,स्कुल संञ्चालन समितिका अध्यक्ष गहराज लिम्बु, प्रचार्य राजिन्द्र भट्ट,कृष्ण जोशी,नगेन्द्र कलौनी गौरब थापा,लगाएत विद्यालय परिवारले पुनलाई दोसल्ला ओढाई स्वागत गरेका थिए ।साथै विद्यार्थीहरुको अध्यनको लागि तथा विद्यार्थीहरुको पुस्तकालयमा राख्न स्कुलले रु ४० हजार बराबर को ५० सेट पुस्तक खरीद खरेको छ । विद्यालय परिवारले डा महावीर पुनलाई मायाको चिनो स्वरुप एक जोर जुत्ता,एक जोर ट्रयाकसुट प्रदान गरेको थियो । डा महावीर पुनले विद्यार्थी हरुको मनोबल तथा हौसला बढाउन विद्यार्थी माझ सान्दर्भिक तथा प्रेरणा दायिक भनाईहरु प्रस्तुत गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार