Saturday, July 27, 2024

कञ्चनपुरको पुनर्वासमा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका–१, का ३२ वर्षीय राधेश्याम रानाको बुधबार करेन्ट लागेर मृत्यु भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

स्थानीय बजार आइबिआरडीमा विद्युतका तार विस्तारको काम चलिरहेका बेला रानालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । मृतक राना सोहि ठाउँमा कामदार थिए ।

करेन्ट लागेर घाइते भएका रानाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उक्त घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार