Saturday, July 27, 2024

भलिबलको चौथोे दिनमा यी टिमहरु भए विजयी

प्रकाशित:

महेन्द्रनगर महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगिता अन्तर्गत चौथोे दिनको खेलमा त्रिभुवन आर्मी, एपी एफ, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश विजयी भएका छन् । बुधवार चौथो दिनको पहिलो खेलमा कोशी प्रदेश र नेपाल प्रहरी बिचको खेलमा ३–० ले कोशी पराजित गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोस्रो खेलमा सुदूरपश्चिम र एपिएफ बिच भएको थियो । जस्मा ३–० ले एपिएफ विजयी भएको थियो । तेस्रो खेलमा आर्मी र लुम्बिनी बिच भएको खेलमा ३–० ले आर्मी विजयी भएको छ । यसैगरी चौथो अन्तिम खेलमा गण्डकी र कर्णाली प्रदेश बिच भएको थियो ।

जस्मा ३–० ले गण्डकी विजयी भएको रेफ्री धनसिंह रावलले जानकारी दिनु भयो । सुदूरपश्चिम खेलकुद विकास समितिको आयोजना र जिल्ला भलिबल संघको समन्वयमा माघ १४ देखि प्रतियोगिता सुरु भएको हो । माघ २० सम्म चल्ने प्रतियोगितामा तीन विभागीय र ७ प्रदेशका गरी १० वटा टिमको सहभागिता छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार