Saturday, July 27, 2024

दोधारा चाँदनीका उपमेयर जोशीले बितरण गरे त्रिपाल, स्थानियहरु खुशी

प्रकाशित:

दोधारा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बिपन्न तथा गरिब घरपरिवारलाई त्रिपाल बितरण गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका दशै वडाका बिपन्न तथा गरिब घरपरिवारलाई छनौट गरि ३० थान त्रिपाल बितरण गरेको दोधारा चाँदनी नगरपािलका उपप्रमुखको सचिवालयले जनाएको छ् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

 

आफ्नो योजना तथा कार्यक्रम अनुसार घर निमार्ण गर्दै गरेको र योजनामा नपरेका स्थानियहरुलाई त्रिपला बितरण गरिएको हो । गरिब तथा बिपन्नहरुको घर निमार्ण गार्न बाँकी रहेकाहरुलाई तत्कालको लागी तत्कालको राहतको लागी त्रिपाल बितरण गरेको बताईएको छ् ।

 

दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका बिरभाने बादी त्रिपाल पाएपछि खुशी भएका छन् । ‘उपमेयर सा’पले अर्को पटक हामीलाई घर बनाईदिने भन्नु भएको छ्’ बिरभाने बादीले भने । बेला बेलामा उपमेयर जोशीले सहयोग गरेको भन्दै बिरभाने बादीले नगरपालिका क्षेत्रमा उपमेयर गंगा देबी जोशीले निकै राम्रो काम गर्दै आएको बताएका छन् ।

 

उपमेयर जोशीले गएका आर्थिक वर्षमा बिपन्न तथा गरिब १० घरपरिवारको घर निमार्ण गरेका थिए भने, यस वर्ष १० घर परिवारको घर निमार्णको तयारी भईरहेको उपमेयर गंगा देबी जोशीले बताएका छन् । पिडामा रहेको बिपन्न घरपरिवाहरुलाई उपमेयर जोशीले उपचार खर्च, घर निमार्ण तथा उनिहरुको लागी खाद्यान्न सहयोग गर्दै आएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार