महेन्द्रनगर । एमबिबिएस अध्ययनका लागि सरकारी पूर्ण छात्रवृतिमा नाम निकालेका ललित सार्कीलाई आर्थिक सहयोग भएको छ ।
महेन्द्रनगरको भृकुटी माद्यमिक विद्यालयकी शिक्षिका जानकी बोहराले एमबिबिएस अध्ययनका लागि सरकारी पूर्ण छात्रवृतिमा नाम निकालेका जिमुवाका ललित सार्कीलाई आर्थिक सहयोग गरेकी हुन् ।
आर्थिक अभावका कारण समस्यामा रहेका भीमदत्त नगरपालिका १० जिमुवाका सार्कीलाई नगद २५ हजार आर्थिक सहयोग गरेको विद्यालयले जनाएको छ ।
भृकुटी माध्यामिक विद्यालयका सहायक प्रध्यानाध्यापक चक्र बहादुर महराले शिक्षिका जानकीले विद्यालयमै सहयोग गरेको बताए ।