Saturday, July 27, 2024

समुदायमा काँग्रेस अभियान आजदेखि सुरु

प्रकाशित:

अत्तरिया नेपाली काँग्रेसको समुदायमा काँग्रेस अभियान आजदेखि सुरु भएको छ । समुदायमा गएर समुदायका कुरा सुन्ने र बुझ्ने अभिप्रायले यो अभियान संचालन गरिएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

समुदायमा काँग्रेस अभियान संचालन गर्न केन्द्रको निर्देशन बमोजिम मंगलबार सहिद दिवसको अबसरमा नेपाली कांग्रेसका स( महामन्त्री भिस्मराज आङ्दाबे र नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरी लगायत नेताहरुको उपस्थितमा सुरु भएको छ।

मंगलबार गोदावरी नगरपालिका वडा नं २ अत्तरिया बजार नजीक राधा कृष्ण मन्दिरमा बसेको नेपाली काँग्रेस गोदावरीको बिस्तारित बैठकमा सह महामन्त्री भीष्मराज आङ्दम्वे,केन्द्रिय सदस।य , प्रदेश सांसद, पालिकाका कांग्रेस बाट निर्वाचित जनप्रतिनिधि लगायत स्थानिय समाजसेवीहरुको उपस्थिति रहेको छ। अभियानमा जिल्लाका सम्पूर्ण नेता कार्यकर्ताहरु सहभागी भई जनताका समस्या र गुनासा सुन्ने, स्थानीय, प्रदेश, केन्द्र सरकारसँग गुनासा र काँग्रेससँगका गुनासा सुन्ने र बुझ्ने बताइएको छ ।

जनताका अपेक्षा, सुझाव,गुनासो सुन्ने, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, बिकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने र जनताबाट सुझाब संकलन गर्ने कार्य उत्साह प्रदकरुपमा हुनेछ भन्ने विश्वास सहित सञ्चालन गरिएको जनाएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार