Saturday, July 27, 2024

समुदाय स्तरका अपेक्षा समेट्नकालागि ‘समुदायमा कांग्रेस अभियान’ : केन्द्रीय सदस्य भट्ट

प्रकाशित:

महेन्द्रनगर । समुदाय स्तरका अपेक्षा समेट्नका लागि समुदायमा कांग्रेस अभियानको प्रारम्भ गरिएको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य शुशिला मिश्र भट्टले बताइन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेपाली कांगेसले आजदेखि सञ्चालन गरेको समुदायमा कांग्रेस अभियान अन्र्तगत केन्द्रीय प्रतिनिधिको रुपमा कञ्चनपुर पुगेकी केन्द्रीय सदस्य भट्टले पत्रकारहरु संगको छलफलमा यस्तो बताएकी हुन् ।

शहिद दिवसको अवसर पारेर नेपाली कांग्रेसले देशव्यापी रुपमा आजदेखि ‘समुदायमा कांग्रेस अभियान’ को प्रारम्भ गरेको छ ।

उक्त अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा कञ्चनपुर पुगेकी केन्द्रीय सदस्य भट्टले जनस्तरका अपेक्षा, सेवा प्रवाह र पार्टीको नीति निर्माणमा समेत उल्लेखनीय सुझाव संकलनका लागि समुदायमा कांग्रेस अभियानको थालनी गरिएको बताइन् ।

पछिल्लो पटक सम्पन्न स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन पश्चातको झण्डै दुई वर्षको अवधिमा समुदाय स्तरमा कसरी सेवा प्रवाह भइरहेको छ ? सेवाग्राहीले कसरी त्यसलाई ग्रहण गरिरहेका छन् । र समुदाय स्तरमा आगामी अपेक्षाहरु के–के हुन सक्छन भन्ने मूल ध्येय सहित नेपाली कांग्रेसल समुदायमा कांग्रेस अभियान थालिएको उनले बताइन् ।

‘हामीले कसरी सेवा पाइरहेका छौं ? आगामी हाम्रा अपेक्षाहरु के–के हुन ? उम्मेद्वारहरुलाई निर्वाचित गर्दाका बखत हाम्रा के–के अपेक्षाहरु थिए ?’ केन्द्रीय सदस्य भट्टले भनिन्, ‘समुदायका जनताहरुका कति अपेक्षाहरु पुरा हुँदैछन ? लगायत स्थानीय, प्रदेश र संघ सरकारलाई अझै कसरी चुस्तदुरुस्त बनाउन सक्छौं, जस्ता कुराहरुको सुझाव एवं राय संकलन पनि यो अभियानबाट हुन्छ ।’

फागुन ७ गते देखि नेपाली कांग्रेसको महासमिति बैठक प्रारम्भ हुँदैछ । जसलाई पार्टीको नीति अधिवेशन पनि भनिन्छ ।

अघिल्ला वर्षहरुमा पार्टीको नीति बनाउँदा जिल्लाबाट छनौट गरिएका महासमिति सदस्यहरुले ल्याएका अर्थात लगेका कुराहरु छलफलबाट नीतिमा राखिने गरिएको भएपानि यो वर्षदेखि त्यति मात्रै नभएर यो अभियान मार्फत वडा/वडाबाट संकलित राय–सुझावका माध्यमबाट नीति तय गरिने केन्द्रीय सदस्य भट्टले बताइन् ।

हरेक तह तप्काको समुदाय, हरेक समुदायमा आवद्ध व्यक्तिहरु, त्यो ठाउँको अनेक विषयका विज्ञ व्यक्ति, सरोकारवाला सबैको कुराहरु समुदायमा कांग्रेस अभियानले समेट्ने उनले बताइन् ।

समुदायमै समाधान गर्न सकिने समस्याहरुको त्यहि समाधान खोज्ने र अत्यकुराहरु लेखाङ्कन गरेर नीतिका लागि लैजाने समेत उनले बताएन् ।

समुदायमा कांग्रेस अभियानमा खुल्ला छलफल, निश्चित व्यक्तिहरु समक्ष छलफल, ‘फोकस डिस्कसन’ समाजका लागि योगदान पुर्याएका पुराना तथा अग्रज व्यत्तिहरुको घर–घरसम्मै पनि पुगेर भेटघाट गर्ने र उनका कुराहरु लिने पनि कार्यक्रमको रुपरेखा रहेको केन्द्रीय सदस्य भट्टले बताइन् ।

आज माघ १६ गतेदेखि सुरु भएको समुदायमा कांग्रेस अभियान माघ २४ गते सम्म चल्ने छ । कांग्रेसले यो कार्यक्रम देशभरका ६ हजार ७ सय ४३ वटै वडाहरुमा एकसाथ प्रारम्भ गरेको हो ।

कञ्चनपुरका ९२ वटै वडाहरुमा पनि आजदेखि उक्त कार्यक्रम सञ्चालन भएको पार्टी उपसभापति मिन बहादुर सिंहले बताए ।

जिल्लामा एक केन्द्रीय प्रतिनिधि शुशिला मिश्र भट्ट सहित कञ्नपुरका तिनै निर्वाचन क्षेत्रका प्रदेश (क) (ख) लगायत वडाहरुमा समेत प्रतिनिधि तोकिएको छ ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले जिल्लाको निर्वाचन क्षेत्र नं. ३ (क) मा कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३(क) दिवाकर पाण्डेय, ३(ख) कृष्णप्रसाद पाठक, निर्वाचन क्षेत्र नं.२(क) प्रभा भट्ट, २(ख) ज्ञानेन्द्रबहादुर सिंह, निर्वाचन क्षेत्र नं. १(क) कृष्णबहादुर तामाङ र १(ख) चमेली तामाङलाई प्रतिनिधि तोकेको छ ।

त्यस्तै वडामा प्रत्येक वडा सभापतिहरुलाई नै जिम्मेवारी सहित नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान सञ्चालनमा आएको छ ।

No description available.

No description available.

ताजा समाचार

सम्बन्धित समाचार