Saturday, July 27, 2024

बेदकोट ७ मा आँखा शिविर, तीन सय बढी वासिन्दा लाभावान्तित

प्रकाशित:

महेन्द्रनगर बेदकोट नगरपालिका ७ मा आँखा शिविर सञ्चालन गरिएको छ । बेदकोट नगरपालिकाले च्यारिटी हेल्थ फाउण्डेशन नेपाल र धनगढी नेत्रालय प्रा।लि। आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर आयोजना गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शिविरमा ३ सय ३९ जनाले आँखा जाँच गराएका छन् । यसैगरी ४८ जनाको शल्यक्रियाका लागि सिफारिश गरिएको छ । शिविरमा आँखा जाँच गरिएकामध्ये ९३ जनालाई चश्मा वितरण गरिएको छ । त्यस बाहेक बाँकीलाई औषधि वितरण गरिएको छ ।

बेदकोट नगरपालिका वडा नं।७ का अध्यक्ष थानेश्वर प्रसाद भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा प्रमुख अतिथि थिए । शिविरमा डा।गोकर्ण भट्ट, पुजन चापागाई र गोपाल ठगुन्नाले आँखा जाँच गरे ।

 

ताजा समाचार

सम्बन्धित समाचार