Saturday, July 27, 2024

कृष्णपुरका विद्यालयमा गुणस्तरीय शिक्षासँगै मजबुत भौतिक संरचना बन्दै

प्रकाशित:

गुलरीया । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षालाई जोड दिनुका साथै मजबुत भौतिक संरचना पनि थप्दै गैरहेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भौतिक संरचनाको अभावले पठनपाठनमा समस्या देखिएका नगरका चार विद्यालयमा पछिल्लो डेढ वर्ष यता ३ ∕ ३ कोठे पक्की भवन निर्माण भएका हुन ।

आइतबार वडा न.९ पिपरीमा रहेको सरस्वती आधारभुत विद्यालयमा ३ कोठे पक्की भवनको नगरप्रमुख हेमराज ओझाले शिलान्यास गरेका छन ।

सरस्वती आधारभुत विद्यालयमा भवन अभावले पठनपाठनमा कठिनाइ हुन थालेपछि बिल्ड अन नेपाल,कृष्णपुर नगरपालिका र सरस्वती आधारभुत विद्यालयको त्रीपक्षिय संयुक्त साझेदारीमा भवन निर्माण हुन लागेको नगरप्रमुख हेमराज ओझाले बताए ।

नगरप्रमुख ओझाले यसैवर्ष वडा न.७ मा रहेको कञ्चन मावि शान्तिपुरमा पनि तीन कोठे पक्की भवन निर्माण हुने बताएका छन ।

नगरप्रमुख ओझाले भने आफू निर्वाचित भएपछि नगरका सबै विद्यालयको स्थलगत अनुगमन गर्दा धेरै विद्यालयमा भवन अभावले पठनपाठनमा समस्या देखियो त्यसपछि आफूले बिल्ड अन नेपालको टिमसँग समन्वय गरेरे नगरपालिकाले पनि केहि रकम छुट्याएर संयुक्त साझेदारीमा विद्यालय भवन भवन निर्माण गरेका हौं ।

अघिल्लो आर्थिक वर्षमा वडा न.१ कुमगडामा रहेको सिद्धेश्वरी आधारभुत विद्यालय,वडा न.२ वाणीमा रहेको सिद्धनाथ बालज्योति आधारभुत विद्यालय,वडा न.५ मा रहेको सयपत्री आधारभुत विद्यालय र वडा न.८ मा रहेको नवज्योती आधारभुत विद्यालयमा ३ ∕ ३ कोठे पक्की भवन बनेका हुन ।

ती विद्यालयमा भवन सँगै २ ∕ २ कोठे पक्की शौचालय पनि निर्माण भएका छन । अहिलेलाई केहि विद्यालयमा मात्रै पक्की भवन निर्माण भएपनि आवश्यकताका आधारमा नगरका अरु विद्यालयमा पनि भौतिक संरचना थप्ने योजना रहेको नगरप्रमुख ओझा बताउँछन ।

हाल कृष्णपुरमा १३ माध्यामिक र २० आधारभुत गरी जम्मा ३३ वटा सामुदायिक विद्यालय सञ्चलनमा रहेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार