Saturday, July 27, 2024

छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु

प्रकाशित:

काठमाडौँ देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चितवन, दाङ, कास्की र धादिङ जिल्लामा भएका मोटरसाइकल दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

चितवन, भरतपुर महानगरपालिका-१६ शिबघाटस्थित सडकमा बा.प्र. ०३-००१ च ११९७ नम्बरको बलेरो गाडीले बा.प्र. ०३-००३ प ८६२४ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४१ वर्षीय मधुसुदन खत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ, लमही नगरपालिका(३ मझगाउँस्थित सडकमा लु।२ ख ६३७ नम्बरको ट्रक र रा।७ प १४३२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका(१ नर्ती बस्ने ३० वर्षीय सुदन जिसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की, रूपा गाउँपालिका(६ घिमिरेथरस्थित सडकमा ग।१४ प १५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सोही गाउँपालिका(७ माझगाउँ बस्ने ३० वर्षीया कृष्णमाया न्यौपानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

धदिङ, गजुरी गाउँपालिका(६ जरेखेतस्थित सडकमा प्र।३(०३(००१ प २६३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८ मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा चालक रोल्पा सुनिल स्मृति गाउँपालिका(१ घोडागढी बस्ने १९ वर्षीय विशाल केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार