Saturday, July 27, 2024

गैर सरकारी महासंघ कञ्चपुरद्धारा एमबिबिएस पास गरेका ललीत सार्कीलाई सम्मान

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रनगर । गैर सरकारी सस्था महासंघ जिल्ला शाखा कञ्चनपुरले कञ्चपुरको भिमदत्त नगरपालिका १० जिमुवाका ललित सार्कीलाई १० हजार नगद सहित सम्मान पत्रले सम्मान गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गैर सरकारी सस्था महासंघको २३ औ वार्षिक साधारण सभा कार्यक्रममा भिमदत्त नगरपालिका १० जिमुवाका ललित सार्कीलाई १० हजार नगद सहित सम्मान पत्रले सम्मान गरेको हो ।चिकित्सा शिक्षा आयोगद्धारा लिएको प्रबेश परिक्षामा सफल भएका ललीत सार्की आर्थिक अभावकै कारण घरमै बसेर पुर्ण सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न नाम निकाल्न सफल भएका थिए । कक्षा एक देखि गाउमै रहेको सिद्धनाथ काध्यमिक सामुदायीक विद्यालयमा अध्यनरत रहि २०७८ सालमा दश कक्षा पास गरेका थिए ।

आर्थिक अभावकै विच पनी सहयोगी दाताहरुको सहयोग तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल भई ललीतले कञ्चनपुरको रेडियन्ट क्याम्पसबाट १२ पास गरेका थिए । गत साउन देखि घरमै बसेर तयारी गरेर ललीतले एमबिबिएसमा नाम निकाले ।पढ्नका लागि छात्रवृत्ति पाए पनि काठमाडौै बसाईका लागि मासिक रु दश हजार जति जोहो गर्ने गाह्रो भएको अवस्थामा भीमदत्त नगरपालिकाले ललीतलाई एन डि प्रकाश चटौत युवा प्रतिभा पुरस्कारले सम्मान गरेसंगै विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका समाचारले पछिल्लो समय ललीतलाई देश तथा विदेशमा रहेका सहयोगी मन तथा सहयोगी दाताहरुले सहयोग गरिरहेका छन्।

कार्यक्रममा कञ्चपुरमा गैसस स्थापनाका लागि सक्रिय भुमिका निर्वाह गरेका स्व ंपृथ्वीराज अवस्थीलाई मरोणोपरान्त सम्मान गरिएको छ । गैसस महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहराको अध्यक्षतामा गरिएको कार्यक्रममा आवद्ध गैरसरकारी संस्थाका सहभागी भएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार