Saturday, July 27, 2024

महेन्द्रनगरको खुला मञ्चमा हुने राष्ट्रिय भलिवल प्रतियोगिताको मूल गेटमै राखियो कालो ब्यानर

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगरको खुला मञ्चमा आइतबार देखि सुरु हुनगइरहेको तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भबिलल प्रतियोगिताको मूल गेट (प्रवेश द्वार) मै कालो ब्यानर राखिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्बद्ध क्रान्तिकारी युवा संगठन नेपाल र अखिल क्रान्तिकारी कञ्चनपुरले उक्त प्रतियोगिताको प्रवेश शुल्क खारेज नभएको भन्दै मूलगेटमै कालो ब्यानर राखेको हो ।

ती दुबै संगठनले शुक्रबार विद्यार्थी र सर्वसाधारणका लागि तोकिएको प्रवेश शुल्क खारेजीका लागि मागपत्र बुझाएको थियो ।

शनिबार विहान ११ बजे भलिबल खेलको सचिवालयले संयुक्त रुपमा विद्यार्थी संगठनसित छलफल गरेका थिए । बैठकमा सहमति नभएपछि क्रान्तिकारीका अध्यक्ष विरेन्द्र नाथ बाहिरिएका थिए । त्यसपछि केही समय अघि साँझ खुला मञ्चम गेटमा कालो ब्यानर लगाएको हो ।

‘सरकारबाट तेस्रो मुख्यमन्त्री पुरुष (भलिवल)प्रतियोगिता लागि प्रदेश सरकारबाट रु(८०,०००००)अस्सी लाख विनियोजन गर्दागर्दै पनि दर्शकहरुलाई लगाईएको शुल्क निकै खेदजनक छ । तसर्थ उक्त शुल्क विधार्थिलाई रु २० र सर्वसधारणलाई रु ५० का दरले लगाएको प्रवेश शुल्क नतिर्न हाम्रो संगठन क्रान्तिकारी युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) सबै कञ्चनपुर वासिहरुमा हार्दिक अनुरोध गर्दछ’ ब्यानरमा लेखिएको छ ।

No description available.

 

ताजा समाचार

सम्बन्धित समाचार