महेन्द्रनगर । कञ्चनपुरमा झण्डै दुईलाख बराबरको अवैध समान बरामद गरिएको छ । शनिबार इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले भीमदत्त नगरपालिका–१० विद्युत कार्यालय अगाडीबाट एक लाख ७५ हजार ६४० रुपैँया बराबरको अवैध समान बरामद गरेको हो ।

ईप्रका गड्डाचौकीको टोलीले भीमदत्त–१० विद्युत कार्यालय अगाडीबाट भारतबाट अवैध रुपमा भित्र्याइएको बेल्ट, बेल्टको कडा, चप्पल, चिनि, सुर्ती, नरीवल, गुड, मटर, मकैको बिउ, भिन्डीको बिउ, नमकिन, चियापत्ती, सलाई, तेल, पोल्थिन, बिष्कुट, प्याज र कस्मेटिक लगायतको समान बेबारिसे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक प्रकाश डाँगीले बताए ।

बदामद गरिएको उक्त समान भन्सार कार्यालय गड्डाचौकी पठाईएका प्रहरीले जनाएको छ ।
