Saturday, July 27, 2024

महेन्द्रनगरमा हुने तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय (भलिवल) प्रतियोगितामा प्रवेश शुल्क राखेकोमा आपत्ति

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित खुला मञ्चमा भोली (आइतबार) देखि सुरु हुँने तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय (भलिवल) प्रतियोगितामा दर्शकका लागि आयोजकले शुल्क निर्धारण गरेकोमा विरोध हुन थालेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सुदूरपश्चिम प्रदेश सरकारको ८० लाख बढीमा आयोजना हुँन गइरहेको उक्त प्रतियोगितामा विद्यार्थीका लागि २० रुपैँया र सर्वसाधारणका लागि ५० रुपैँया प्रवेश शुल्क तोकिएको छ । प्रवेश शुल्कलाई लिएर विभिन्न राजनीतिक संघ संगठन र स्थानीय स्तरबाट विरोधका आवाज गुञ्जिन थालेका छन् ।

शुक्रवार कान्तिकारी युवा संगठन नेपाल कञ्चनपुर र अखिल (क्रन्तिकारी) कञ्चनपुरले संयुक्त वक्तव्य जारी गर्दै प्रवेश शुल्कलाई लिएर गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

निर्धारित उक्त प्रवेश शुल्क तत्काल खारेज गर्न माग राख्दै आफ्नो मागप्रति नजर अन्दाज गरे थप संघर्षमा उत्रिने चेतावनी समेत कान्तिकारी युवा संगठन नेपाल कञ्चनपुर र अखिल (क्रान्तिकारी) कञ्चनपुरले संयुक्त वक्तत्वमार्फत जनाएको छ ।

यस्तो छ संयुक्त वक्तव्यः

May be an image of text

ताजा समाचार

सम्बन्धित समाचार