महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. ५ का वडाध्यक्ष्य पदम राज अवस्थीले विपन्न परिवारका विद्यार्थीहरुका लागि जुत्ता वितरण गरेका छन् ।

वडाध्यक्ष अवस्थीले आफ्नो सेवा सुविधाबाट विपन्न परिवारका ४० जना विद्यार्थीहरुलाई मोजा सहित जुत्ता वितरण गरेका हुन् ।

भीमदत्त–५ मा बसोबास गर्ने अति विपन्न परिवारका विद्यार्थीहरुका लागि चिसो मौसममा जुत्ता–मोजा वितरण गरिएको वडाध्यक्ष अवस्थीले बताए ।

‘न्यून आर्थिक अवस्था एवं अति विपन्न परिवारका ४० जना विद्यार्थीहरुका लागि मेरो सेवा सुविधाबाट जुत्ता–मोजा बाँडेको हुँ ।’ वडाध्यक्ष अवस्थीले भने ।
चिसो एवं सित लहरको समयमा थोरै भएपनि राहत पुगोस भन्ने ध्येयले जुत्ता वितरण गरिएको वडाध्यक्ष अवस्थीले बताए ।
समय–समयमा वडाध्यक्ष अवस्थीले विपन्न परिवारलाई आफ्नो सेवा सुविधाबाटै भएपनि व्यक्तिगत रुपमा सहयोग गर्दै आएका छन् ।