Saturday, July 27, 2024

नमूना वडा बनाउन जनप्रिय काम गर्दैछुः वडाध्यक्ष बस्नेत

प्रकाशित:

दोधारा । दोधारा चाँदनी नगरपालिका आफैमा प्रशस्त सम्भावना बोकेको स्थानिय तहको रुपमा परिचित छ । अरु पालिका भन्दा भौगोलिक हिसावले पनि सानो तथा अरु अरुको दाँजोमा थोरै योजनाले पनि धेरै बिकसित हुने सम्भावना दोधारा चाँदनी नगरपालिका रहन्छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

निमार्णधिन सुख्खा बन्दरगाहा तथा त्यसै संग जोडिएको ४ लेनको महाकाली पक्की पुलले भौतिक पुर्वाधार र आर्थिक सम्भावनाका हिसाबले मजबुद दोधारा चाँदनी नगरपालिकाको रुपमा लिईन्छ ।

त्यसमा नगरपालिका भित्र रहेका वडाहरुमा दोधारा चाँदनी नगरपालिका– ६ वडामा आधारभुत पुर्वाधारहरु अधिकांश पुर्णनै छन् ।

लामो समय सम्म नेकपा एमालेको भातृ बिद्याथी संगठनमा रहि राजनीति गर्दै आएका युवा राजनितिककर्मी ओंम बस्नेत वडाध्यक्षको रुपमा जनताले पाएका छन् । झण्डै २ वर्ष वडाध्यक्षको कार्यकालमा ओंम बस्नेतले वडाको समृद्धि तथा बिकास कार्यमा खटिदै आएका छन् ।

उनले वडालाई नमुना वडाकोरुपमा बिकास गर्ने कार्यमा दिनरात लागिपरेका छन् । जिल्ला देखि प्रदेश हुदै संघिय सरकार सम्मका नेता तथा जनप्रतिनिधीहरुलाई वडाको बिकास र समृद्धिमा सघाउन आग्रह गर्दै आएका छन् ।

उनले शिक्षा, सडक, स्वास्थ्य र कृषिलाई अग्र भागमा राखेर काम गर्दै आएको छन् । वडामा शिक्षाको पहुचलाई बिस्तार गरी सुलभ र सरल तरिकाले गरिब, अल्पसंख्यक तथा वडामा पिछडिएका बर्ग सम्म पु¥याउने आफ्नो लक्ष्य रहेको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले बताएका छन् ।

वडामा रहेको अस्पताललाई कसरी आधुनिक बनाउने बिषयमा सदा गम्भिर रहदै उनि देखिन्छन् । बस्नेत वडाध्यक्ष भएर आए संगै अस्पताललाई अवश्यक जनशक्ती, उपकरण तथा औषधीको लागी बजेट बिनियोजन गर्ने, स्वास्थ्य क्षेत्रलाई आधुनिकरण बनाउने कार्यमा कटिबद्ध रहदै आएका छन् ।

अस्पतालमा भ्यान्टिलेटर, गर्भवती महिलाहरुको शल्यक्रिया, ल्यावलाई आधुनिकरण, बिलिङ सेवालाई कम्प्युटरराईज लगाएत कार्यमा वडाध्यक्ष बस्नेतको पहल र योगदान छ ।

बिगतका तुलनामा दोधारा चाँदनी अस्पतालले निकै फड्को मारेको छ् । महाकाली नदी छेउमा रहेको निमार्णधिन दोधारा चाँदनी अस्पताल निमार्ण संग नगर क्षेत्रको स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मार्न वडाध्यक्ष ओंम बस्नेतको ठुलो योगदान रहदै आएको छ ।

उनले संघिय सरकारलाई गुहार गरि कालागडमा ६ सय २० मिटर पक्की सडक निमार्ण कार्य सुरु गरेका छन् भने, हेल्थपोष्ट एनटिसि टावर देखी रेश्मीटोल, कमलशा आधारभुत बिद्यालय हुदै सृजना सुनारको घर सम्म १६ सय मिटर पक्की सडक निमार्ण कार्य तिब्र गतीमा सञ्चालनमा ल्याएका छन् । वडामा पक्की सडक निमार्ण गरि वडालाई सडक सञ्जाल जोड्ने कार्यको सुरुवातले स्थानियहरुमा हर्षित देखिन्छन् ।

वडामा रहेको दोधारा सिकाई केन्द्रमा वडाबाट बजेट बिनियोजन गरि वडा नं. ६ देखि १० वडा सम्मका १ सय १४ जना बिद्यार्थीहरुलाई निशुल्क आधारभुत कम्प्युटर तालिम संचालन गरिएको छ ।

गरिब तथा बिपन्न बिदार्थीहरुलाई कम्प्युटर शिक्षाबाट बन्चित हुनबाट रोक्न वडाध्यक्षको यो पहलकदमीलाई स्थानियहरुले स्वागत गरेका छन् । यस्तै शिक्षाकै क्षेत्रमा कमलशा आधारभुत बिद्यालयमा २ कोठे भवन निमार्ण, बिद्यार्थीलाई जुत्ता तथा पोशाक बितरण कार्य यसै वर्ष गरिएको हो ।

वडाको पश्चिम दिशा तर्फ रहेको जगबुडा नदीले वर्षेनी स्थानिय किसानहरुको जग्गा कटानीको मारलाई रोक्न दिगो ब्यवस्थापनको लागी यस पटक झण्डै ३ सय मिटर पक्की तटबन्ध निमार्ण कार्य अघि बढाईएको छ ।

बेरोजगार भएर घरमै बसेका महिलाहरुलाई उनिहरुको आर्थिकपार्जनमा जोड दिने उद्धेश्यले वडाका महिलाहरुलाई एक महिने मालापोते बनाउने तालिम जारी छ ।

जेष्ठ नागरिकहरुलाई सम्मान तथा ब्लेङकेट बितरण लगाएत थुप्रै जनप्रिय कार्य गर्दै आएको स्थानियहरुले बताएका छन् ।
अधिकांस वडाबासी कृषीमा आश्रित भएको हुदा कृषकको लागी कृषिमा आधुनीकरण गर्ने र कृषि उत्पादनलाई बढावा दिदै आएको वडाध्यक्ष ओंम बस्नेतले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार