Saturday, July 27, 2024

सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बिहिबार कैलालीको धनगढीमा सम्पन्न राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् ।

महिला तर्फ माओवादीकी रेनु चन्द निर्वाचित भएकी हुन् । चन्दले ४ हजार ४५३ मत पाइन् । अ

पाङ्ग तर्फ नेपाली कांग्रेसका कैलालीका सभापति समेत रहेका नारायण दत्त भट्ट निर्वाचित भएका छन् । भट्टले ४ हजार ४१९ मत पाए ।

त्यस्तै अन्यतर्फ नेपाली कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएका छन् । उनले ४ हजार ३४७ मत पाएका हुन् ।

सत्ता गठबन्धनका उम्मेद्वारहरु संग प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पराजित भएको छ ।

सुदूरपश्चिममा एमालेको तर्फबाट महिलातर्फ सावित्री घिमिरे, अपाङ्गता तर्फ रामचन्द्र जोशी र अन्यतर्फ ईश्वरी खरेल उम्मेदवार रहेका थिए । उनी तीनै जना पराजित भएका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार