Saturday, July 27, 2024

तमसुक दर्ता नगरेको भन्दै साहुहरुले गरे वडा कार्यालयमा तालाबन्दी

प्रकाशित:

जनकपुरधाम वडाध्यक्षले कपाली तमसुक दर्ता नगरिदिएको भन्दै महोत्तरीको औरही नगरपालिका(२ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । साहु र ऋणीबीचको तमसुक वडा कार्यालयबाट प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भएपछि हिजोआज मधेशका धेरै जिल्लाका वडा कार्यालयमा भिड बढेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

तर वडाध्यक्ष दरेश यादवले आफूहरुको तमसुक दर्ता नगरिदिएको भन्दै स्थानीय साहु महाजनहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । महोत्तरीको औरही नगरपालिका २ बस्ने जग्दीश यादवले स्थानीय २३ जना साहुबाट ऋण लिएका छन् ।

उनी आफ्नो भाइ भएका कारण वडाध्यक्ष दरेश यादवले कपाली तमसुक दर्ता गर्न नमानेको र लिएको ऋण फिर्ता नगर्न खोजेको भन्दै साहुहरुले तालबान्दी गरेका हुन् । उनीहरुले औरहीमा जलेश्वर बर्दिबास सडक खण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् ।

ऋणी जगदिशले भने जिल्ला प्रशासन कार्यालयमा साहुहरु विरुद्ध मिटरब्याजमा ऋण दिएको भन्दै उजुरी गरेका छन् । तर, सावाँ रकम पनि फर्काउन नमानेको साहुहरुको भनाइ छ । साहुहरुले मंगलबार नगरपालिका कार्यालयमा समेत कपाली तमसुक दर्ता गरी पाउँ भन्दै निवेदन दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार