Saturday, July 27, 2024

कृष्णपुरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक

प्रकाशित:

महेन्द्रनगर मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिको बैठक कृष्णपुर नगरपालिकामा मंगलबार सम्पन्न भएको छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख तथा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिका संयोजक हेमराज ओझाको अध्यक्षतामा सुरु भएको बैठकमा आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र बालश्रम रोकथामकालागि आफन्त नेपालले गरिरहेका कार्यक्रमहरु र कृष्णपुर नगरपालिकामा मानव बेचबिखन तथा ओसार पसार र बालश्रमको अवस्था, चुनौती र नियन्त्रणका उपायबारे प्रस्तुती गरेका थिए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बैठकमा नगर प्रमुख हेमराज ओझाले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण र बालश्रम रोकथामकालागि आफन्त नेपाल संस्थाले पालिकामा गरिरहेको कामको प्रशंसा गर्दै भने, ‘बेचबिखन र बालश्रमको जोखिममा रहेका महिला तथा बालबालिकालाई परामर्श गरी उद्धार, पारिवारिक पुनर्मिलन, सिपबिकास तालिम तथा जिविकोपार्जन सहयोग गरिरहेको बताए, उनले, ‘आगामी दिनमा वडाका अतिरिक्त नगरपालिकाको सम्वन्धीत शाँखा संग पनि समन्वय र सहकार्य गरेर अगाढी बढ्न सुझाव दिए ।’

त्यसैगरी नगर उप–प्रमुख द्रोपती रानाले आफन्त नेपालले जिविकोपार्जन सहयोग र लामो अवधीको सिपबिकास तालिम दिदा संस्थाले लक्षित समुदायको अवस्था बिश्लेषण गर्दा नगरपालिकासंग समन्वय गर्नु पर्ने बताउदै भनिन, ‘संस्थाहरुको समन्वय र सहकार्यले लक्षित समुदाय दोहारीने सम्भावना न्युन रहन्छ, बास्तविक पिडित तथा प्रभावितले अवशर पाउन सहज हुन्छ, त्यसैले संघसंस्थाहरुले पालिका संग प्रभावकारी समन्वय गर्नु आवश्यक छ ।’

कार्यक्रममा सहभागि बिभिन्न सरकारी कार्यालय र गैरसरकारी संघसंस्थाका पदाधिकारीहरुले मानव बेचबिखन तथा ओसार पसार जस्तो जघन्य अपराध नियन्त्रण गर्न र बालश्रम रोकथामकालागि सरकारी र गैरसरकारी संघसंस्थाहरु बिच समन्वय र सहकार्य गरी अगाढी बढ्नुपर्ने कुरामा जोड दिएका थिए ।

बैठकमा नगर प्रमुख हेमराज ओझा, उप–प्रमुख द्रोपती राना, प्रमुख प्रशासकिय अधिकृत, मानबहादुर केसी, जनस्वास्थ्य निरिक्षक रतन सिंह बिष्ट, शिक्षा शाखा अधिकृत अनिता ठगुन्ना, सामाजिक बिकास अधिकृत प्रेम बोगटी, महिला बिकास निरिक्षक चन्द्रा तिमिल्सिना, ईलाका प्रहरी कार्यालयका सहायक प्रहरी निरिक्षक कर्ण बहादुर बोगटी, र बरिष्ठ प्रहरी हवल्दार डम्वर बहादुर ढाँट, नगरपालिकाका सम्वन्धीत फाँटाका कर्मचारी, हरी बहादुर गैराल, टंक प्रशाद रोश्यारा, डबल सिंह राना लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

आफन्त नेपालको समन्वयमा आयोजित बैठकमा, आफन्त नेपालले गरिरहेको कार्यक्रम बारे जानकारी दिने, कृष्णपुर नगरपालिकामा मानव बेचबिखन तथा ओसार पसार र बालश्रमको अवस्था, चुनौती र नियन्त्रणका उपायहरु बारे छलफल गर्ने एवं मानव बेचबिखन तथा बालश्रम बिरुद्ध आगामी आर्थिक बर्षको लागि बजेट बिनियोजन तथा कार्यक्रम तर्जुमा गर्न सरोकारवालाहरुलाई सम्वेदनशिल बनाउने बिषयमा छलफल भएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार