Saturday, July 27, 2024

सशस्त्र प्रहरीको स्थापना दिवसमा उत्कृष्ठ काम गर्ने २४ जना पुरस्कृतः नामावली सहित

प्रकाशित:

महेन्द्रनगर । सशस्त्र प्रहरी बल,नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहतको युनिटमा कार्यरत २४ जना सशस्त्र प्रहरी कर्मचारीलाई प्र्रशंसा –पत्र सहित पुरस्कृत गरिएको छ । मंगलबार सशस्त्र प्रहरीको २३ औ स्थापना दिवसको अवसरमास शस्त्र प्रहरी बल,नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले उत्कृष्ट काम गर्ने सशस्त्र प्र्रहरी कर्मचारीहरुलाई प्र्रशंसा –पत्र सहित पुरस्कृत गरेको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

३५ गण हेडक्वाटर शैलेश्वरी मातहतको युनिटमा रहि नेपाल सरकारकार द्धारा तोकिएको जिम्मेवारीलाई इमान्दारीका साथ बहन गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई थप हौसला प्रदान गर्ने प्रशंसा पत्र सहित पुरस्कृत गरिएको ३५ गण हेडक्वाटर शैलेश्वरी झलालारीका सशस्त्र प्रहरी उपरिक्षक तथा गणपति प्रेम बहादुर रावलले बताएका छन् ।

पुरस्कृत हुनेमा सीमा सुरक्षा गुल्म गडचौकीका सशस्त्र प्रहरी नायव उपरिक्षक सुदन आचार्य,सुरक्षा वेश मझगाउका सशस्त्र प्रहरी नायव उपरिक्षक पुरन प्रशाद न्यौपाने,३५ न हेडक्वाटरका सशस्त्र प्रहरी नायव उपरिक्षक ईश्वर दत्त भट्ट,सीमा सुरक्षा गुल्म देविस्थानका सशस्त्र प्रहरी नायव उपरिक्ष दिपक बहादुर कुवँर,सीमा सुरक्षा गुल्म बेलौरीका सशस्त्र प्रहरी नायव उपरिक्षक भरत बहादुर कुवँर,त्यस्तै ३५ नम्बर गणका सशस्त्र प्रहरी बरिष्ठ नायक निरिक्षक टेक बहादुर सिह,सशस्त्र प्रहरी सहायक निरिक्षक नवराज भट्ट,बरिष्ठ हवल्दार महेश बहादुर सिह,बरिष्ठ हवल्दार डम्बर बहादुर महरा,बरिष्ठ हवल्दार दिपक बोहरा,बरिष्ठ हवल्दार प्रमान्द नाथ,हवल्दार नरेन्द्र सिहं कार्की,हवल्दार शम्शेर धानुक,हवल्दार लाल बहादुर ऐर,हवल्दार दल बहादुर बिष्ट,हवल्दार राम सिह बिष्ट,हवल्दार जयन्त बहादुर चन्द,हवल्दार महामल सिह घटाल,सहायक हवल्दार सन्जु प्रशाद उपाध्यया ,सहायक हवल्दार संकर सिह धामी,सहायक हवल्दार गोपाल राई,जवान उर्मीला देउवा,जवान जानु ओली,र सशस्त्र प्रहरी परीचर खनराम दमाई रहेका छन् ।

२३ औ सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा आयोजित विभिद खेलकुद कार्यक्रममा प्रथम हुने सशस्त्र प्रहरी कर्मचारी ब्याडमिन्टन डबल तर्फ सशस्त्र प्रहरी उपरिक्षक प्रेम बहादुर रावल,टिटि डबल तर्फ बरिष्ठ हवल्दार राजु सिह कुवँर,हवल्दार हेमराज उपाध्यया,टिटि शिङ्गल बरिष्ठ हवल्दार राम सिह ऐर,दुई माईल दौड जवान हरि प्रशाद ओझा, सय मिटर दौड महिला तर्फ जवान तारा जोशिलाई पुरस्कृत सहित सम्मान गरिएको थियो ।स्थापना दिवसको अवसरमा अमर प्रहरीको सम्झना गर्दै अमर सशस्त्र प्रहरी लाई श्रद्धान्जली दिनुका साथै अमर सशस्त्र प्रहरीका परिवारजनलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो।

 

 

 

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार