Saturday, July 27, 2024

कञ्चनपुरमा झण्डै एकलाख बराबरको भन्सार छलीको समान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा झण्डै एक लाख बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सोमबार कञ्चनपुरको भीमदत्त–१० बिद्युत कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएको ९१ हजार दुई सय ५० बराबरको चिनी, मिश्री, तेल, दाल, प्लाष्टिक लगायतका सामानहरु बरामद गरेको हो ।

नेपाल प्रहरीको गस्ती टोलीले उक्त समानहरु बेवारिसे अबस्थामा फेला पारेपछि नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

उक्त भन्सार छलीको सामान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार