Saturday, July 27, 2024

१५ वर्ष पुरानो हत्याको घटनामा माओवादीकी विद्यार्थी नेता पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी

प्रकाशित:

काठमाडौं । १५ वर्ष पुरानो एक हत्याको घटनामा जिल्ला अदालत सुर्खेतले नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कालीकोटका राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मणबहादुर शाहीले पक्राउ पुर्जी जारी भएको पुष्टि गरे । ‘पुरानो घटनामा जाहेरी आएको छ, त्यसमा ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ’, उनले भने, ‘यसमा अनुसन्धान गरिरहेका छौं ।’

२०६५ साल फागुन २६ गते कालीकोटको मल्लको हत्या घटनामा कालीकोटको महावै गाउँपालिकाकी सिंह, पदमबहादुर रावत, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार