Saturday, July 27, 2024

कञ्चनपुरका अग्रज पत्रकार जोशी पुरस्कृत

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका अग्रज पत्रकार लक्ष्मी जोशी पुरस्कृत भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त नगरपालिकाको ४६ औं वर्ष (पाँचौं) स्थापना दिवसको अवसरमा अग्रज पत्रकार जोशीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

पत्रकारिता क्षेत्रको विकास तथा प्रवर्धनमा योगदान पुर्याएको भन्दै भीमदत्त नगरपालिकाले अग्रज पत्रकार जोशीलाई पुरस्कृत गरेको हो ।

आइतबार नगरपालिकाको सभाहलमा सम्पन्न ४६ औं वर्ष (पाँचौं) स्थापना दिवसको अवसरमा पत्रकार जोशीलाई पुरस्कृत गरिएको हो ।

पत्रकार जोशी सुदूर पश्चिमकै पत्रकारिता क्षेत्रका ‘इनिसिएटर’ हुन् । ०४५ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका जोशीले सुदूरपश्चिमै सुरुवाति चरणका पत्रपत्रिकामा काम गरेका छन् ।

नेपाली कांगेसका केन्द्रीय सदस्य यज्ञराज जोशीले तत्कालिन अवस्थामा सञ्चालन गरेको महाकाली साप्ताहिक पत्रिकामा जोशीले लामो समय काम गरे ।

पत्रकार जोशी नेपाली कांग्रेसका नेता तथा प्रमुख सचेतक रमेश लेखकले पत्रकारिता सुरु गर्नु भन्दा पहिले देखि नै पत्रकारिता क्षेत्रमा सक्रिय व्यक्ति हुन् ।

त्यसपछिको लामो समय राष्ट्रिय समाचार समिति (रासस)मा रहेर काम गरेका अग्रज पत्रकार जोशी हाल आभाषकुञ्ज दैनिकको सल्लाहकार रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार