Saturday, July 27, 2024

कोदालो र खुर्पा प्रहार गरेर आफ्नै गर्भवती श्रीमतीको हत्या

प्रकाशित:

काठमाडौं । नवलपुरको हुप्सेकोटका एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहान एक बजे शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेका हुन् ।

प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलका अनुसार चनिसरा ८ महिनाकी गर्भवती थिइन् । श्रीमतीको हत्या गर्ने शेर बहादुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको छ ।

हत्या गर्नुको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार