काठमाडौँ । परराष्ट्र एनपी साउद र बंगलादेशका विदेशमन्त्री मोहम्मद हसन महमुदबीच भेटवार्ता भएको छ । युगान्डाको राजधानी कम्पालामा भइरहेको असंलग्न आन्दोलन अभियान (नाम) का राष्ट्रहरूको १९ औं शिखर सम्मेलनको साइडलाइनमा उनीहरूको भेटवार्ता भएको हो ।
परराष्ट्रमन्त्री साउद र बंगलादेशका विदेशमन्त्रीबीच भेटवार्ता
नेपाल र बंगलादेशका मन्त्रीहरूबीचको भेटमा दुई देशबीच व्यापार, पारवहन र ऊर्जा व्यापारसहित अन्य विषयमा सहकार्य गर्नेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।