Saturday, July 27, 2024

दार्चुलाका राइसिंहले गरे ८० वर्षको उमेरमा धुमधामका साथ विवाह

प्रकाशित:

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा शुक्रबार (हिजो) रोचक बिहे सम्पन्न भएको छ । अपिहिमाल गाउँपालिका वडा नम्बर ०६ मज्जे बस्ने राइसिंह धामी र बिन्दु धामीको ८० बर्षको उमेरमा सास्कृतिक तथा बैधानिक विवाह सम्पन्न भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पनाती पनातनी समेत पाइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धुमधामसंग बिहे गरेका छन् । हिजो बिहे गरेका धामी दम्पत्तीको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाती, ४ नातनी, ३ नातने बुहारी, ४ पनाती र ३ पनातनी गरि जम्मा ३१ जना सदस्य रहेको बेहुला बाजेका नाती नाता पर्ने भगतसिंह धामीले बताए ।

बेहुला (दुलाहा) राइसिंह धामीलाई ८० वर्ष र बेहुली (दुलही) बिन्दु धामीलाई ७० वर्ष उमेर पुगेको उनले बताए । दुबै जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् ।

दुलाहा राइसिंहले दुलही बिन्दुलाई सिन्दुर पोते लगाउनुका साथै यज्ञ परिक्रमासहित सबै बिहेविधि पुरा गरेर हिजो घरभित्र सांस्कृतिक परम्परासहित भित्र्याउनुभएको हो ।

धामी दम्पत्तीको यो बिहेले सांस्कृतिक सन्देश समेत दिएको स्थानीयहरुले बताएका छन् । बिहे र बिहे भोजमा सबै स्थानीय आफन्त, इष्टमित्रहरुले यो उमेरमा बिहे गरिरहेका धामी दम्पत्तीलाई जिस्क्याएर खुबै रमाइलो गरेका थिए । बुढेसकालमा बिहे गर्न पाउदा रमाइलो अनुभुति भएको धामी दम्पत्तीको भनाई छ ।

ताजा समाचार

सम्बन्धित समाचार