Saturday, July 27, 2024

उपमेयर जोशीको न्यानो कार्यक्रम : रेडक्रस उपशाखा चाँदनीले बाढ्यो गरिव तथा विपन्नलाई बेलेङकेट

प्रकाशित:

पप्पु गुरुङ्ग, दोधारा । जाडोले सर्वसाधारणको जनजिवन कष्टकर बन्दै गए संगै दोधारा चाँदनी नगरपालिकामा ५० घरपरिवारलाई बेलेङकेट बितरण गरिएको छ् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको वार्षिय कार्यक्रम तथा योजना अनुरुप, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखाको आयोजनामा दोधारा चाँदनी नगरपालिका– १ देखि वडा नं. ५ सम्मका गरिब तथा अतिविपन्न स्थानियहरुलाई छनौट गरि एक–एक थान बेलेङकेट बितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले जानकारी दिएका छन् ।

नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखाको कार्यालयमा एक कार्यक्रमको बिच ५० जना गरिब तथा अतिविपन्न स्थानियहरुलाई बेलेङकेट बितरण गरिएको उपमेयर जोशीले बताएका छन् । बेलेङकेट बितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखाका शाखा सभापित गोपाल दत्त जोशी, दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिकाका पुर्व मेयर बिर बहादुर सुनार, दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक ईश्वर थापा, नेपाली काग्रेंसका नेता गोपाल दत्त भट्ट, दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंह, नेपाली काग्रेंसका युवा नेता लोक बहादुर चन्द, महिला अधिकारकर्मी धनसरा चन्द लगाएत रेडक्रसकर्मी तथा स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो ।

चिसोबाट मानविय क्षती हुन सक्ने अबस्था भएको हुदा यसबाट बच्नको लागी दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको वार्षिय कार्यक्रम तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको कार्यक्रम अन्तर्गत बेलेङकेट बितरण गरिएको नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखाका शाखा सभापित गोपाल दत्त जोशीले बताएका छन् ।

बृद्ध बृद्धा तथा असहाय, अपाङ्ग भएका ब्याक्तिहरुलाई बाक्लो कपडा नहुदा चिसोमा कठान्ग्रीएर बस्नु परेको अवस्था थियो । जाडोमा बेलेङकेट पाउदा बिपन्न तथा असाहय जेष्ठ नागरिकहरु खुशी भएका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा दबी जोशीले यस आर्थिक वर्षको निती तथा कार्यक्रम अनुसार गरिब तथा बिपन्न घरपरिवार चिसोमा कठान्ग्रीएर बस्नु परेको अवस्थामा मानविय क्षतीबाट रोक्न नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखालाई बेलेङकेट उपलब्ध गराएको कार्यक्रममा बताईएको छ् ।

मानविय कार्यमा सदा समर्पित रहेको संस्था नेपाल रेडक्रस सासाईटीलाई गरिवीको कारण गतिलो कपडा नभएर तडपिरहेका स्थानियहरुलाई सघाउन आफ्नो वार्षिय योजना तथा कार्यक्रम अनुसार बेलेङकेट उपलब्ध गराएको बताईएको छ् ।

ताजा समाचार

सम्बन्धित समाचार