Monday, April 29, 2024

आज भीमदत्त नगरपालिकाले पाँचौं स्थापना दिवस मनाउँदै

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरकै जेष्ठ स्थानीय तह भीमदत्त नगरपालिकाले भोली (आइतबार) पाँचौ स्थापना दिवस मनाउने भएको छ । भीमदत्त नगरपालिका स्थापना भएको ४६ वर्ष पुरा भएको छ ।

भीमदत्त नगरपालिकाले वि.स. २०७६ देखि स्थापना दिवस मनाउन थालेको हो । निर्वतमान नगर प्रमुख सुरेन्द्र बिष्टले भीमदत्तमा ०७६ देखि स्थापना दिवस मनाउने परम्पराको थालनी गरेका हुन् ।

सोहि अनुरुप प्रत्येक वर्षको माघ ७ गते भीमदत्त नगरपालिकाको स्थापना दिवस मनाउन थालिएको हो । नगरपालिकाले भोली भव्यताका साथ स्थापना दिवस मनाउने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बलमे बताए ।

पृष्ठभूमिः
वि.सं. २०३४ सालमा भूजेला, सिद्धनाथ र आदर्श गाउँ पञ्चायतका सम्पुर्ण भू–भाग तथा सुडा र ऐरी गाउँ पञ्चायतको आंशिक भू–भाग मिलाएर महेन्द्रनगर पञ्चायतको गठन भयो ।

तत्कालीन महेन्द्रनगर पञ्चायत, वि.सं. २०४७ सालको जनआन्दोलन पश्चात नाम परिवर्तन गरी महेन्द्रनगर नगरपालिका नामाकरण गरिएको हो ।

वि.सं. २०६५ साल कार्तिक २० गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार (शहिद भीमदत्त पन्तको सम्मान स्वरुप) भीमदत्त नगरपालिका नामाकरण गरियो ।

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा नेपाल सरकारले वि.सं. २०७३ चैत्र देखि भीमदत्त नगरपालिकाका साविकका वडालाई कायम गरी स्थानीय सरकारको रुपमा कार्य गरिरहेको छ ।

May be an illustration of blueprint and text that says ""सन्तुलित वातावरण सुशासन सहितको समाजवाद उन्मूख गर, प्रविधीमा आधारित अर्थतन्त्र विकासको आधार" भीमदत्त नगरपालिका नगर कार्यपालिकाको कार्यालय कत्चनपुर सुदूरपश्चिम प.सं.:२०६० ०5१ च.नं. प्रदेश सूचना! मिति: सूचना!! 이 सूचना!!! स्थापना दिवस सम्बन्धमा। उपरोक्त सम्बन्धमा भीमदत्त नगरपालिकाको (४६ औं वर्ष) पाँचौ स्थापना दिवस समारोह तपशिलको मिति, समय स्थानमा भएकाले यस नगरपालिका/वडा कार्यालय/ केन्द्र अन्तर्गतका सम्पूर्ण जनप्रतिनिधी एवम् कर्मचारीहरुलाई उपस्थितीका लागी अनुरोध गरिन्छ। तपशिल: मिति: २०६० माघ गते समय: विहान ९:०० वजे स्थान: भीमदत्त नगरपालिका कार्यालय --...... महेश वहादुर बम प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्रशासकीय अधिकृत सम्पर्क 099-5 67 टोलफ्रीनं. 16609952111 Email: bmuncipality@gmail.com bheemdattmun@gmail.com Website: http://heemdattamun.gov.np"

 

ताजा समाचार

सम्बन्धित समाचार