Saturday, July 27, 2024

कैलाली भन्सारको राजस्व असुली आधाले घट्यो

प्रकाशित:

धनगढी । कैलाली भन्सारको राजस्व असुली आधाले घटेको छ। आर्थिक वर्ष २०७८र७९ यता राजस्व असुली घट्दै गएको पाइएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

चालु आर्थिक वर्षको ६ महिनामा पाँच अर्ब ६२ करोड ४८ लाख ४८ हजार राजस्व संकलनको लक्ष्य निर्धारण गरिएकोमा लक्ष्यको झण्डै आधा अर्थात तीन अर्ब ६५ करोड ६१ लाख ५३ हजार रुपैयाँ मात्र अुली भएको सूचना अधिकारी पवित्रकुमार खड्काले बताए ।

जुन लक्ष्यको ६५ प्रतिशत हो। भन्सार विभागले कैलाली भन्सारका लागि चालु आर्थिक वर्ष २०८०र८१ मा ११ अर्ब ५८ करोड २४ लाख ७० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरेको छ । पेट्रोलियम पदार्थ, ग्याँस, ब्ल्याङ्केट, दालमोठ, टायल, मार्बललगायत वस्तुको आयातबाट बढी राजस्व संकलन हुने गरेको छ ।

चालु वर्षको पौष मसान्तसम्म पेट्रोलियम पदार्थबाट ४३ करोड ७५ लाख, एलपिजी ग्याँसबाट २८ करोड ५१ लाख, दालमोठ, पापड, भुजियाबाट साढे दुई करोड तथा ब्ल्याङ्केटबाट एक करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सामानको आयात घटेपछि राजस्व असुलीमा कमी आएको सूचना अधिकारी खड्काले बताए ।

पेट्रोलियम पदार्थको आयात दुई वर्षयता घटेको उनले बताए । गत वर्ष १२ अर्ब ३० करोड ६६ लाख राजस्व संकलनको लक्ष्य निर्धारण गरिएकोमा ८ अर्ब २९ करोड ७३ लाख राजस्व मात्र संकलन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८र७९ मा ११ अर्ब २ करोड ३९ लाख राजस्व संकलनको लक्ष्य निर्धारण गरिएकोमा ९ अर्ब ५ करोड २६ लाख संकलन भएको कार्यालयको तथ्यांक छ ।

आर्थिक वर्ष २०७७ र ७८ मा ८ अर्ब २१ करोड ७३ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरिएकोमा लक्ष्यभन्दा बढी ८ अर्ब ८४ करोड १४ लाख रुपैयाँ संकलन भएको थियो । भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा निर्यात भएका वस्तुबाट दुई लाख ६ हजार मात्र राजस्व संकलन गरेको पाइएको छ । कार्यालयका अनुसार यो नाकाबाट कत्था, टार्पेन तेल र पिना भारत निर्यात हुने गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार