Saturday, July 27, 2024

कञ्चनपुरमा हतियारसहित भारतीय एसएसबी प्रवेश

प्रकाशित:

महेन्द्रनगर बेलौरी स्थित नेपाली भूभागमा भारतीय सीमा सुरक्षा बल एसएसबी हातहतियारसहित आएर सीमाङ्कन गर्ने प्रयास गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

एसएसबीले शनिबार बिहान बेलौरी नगरपालिका–१० भुडा स्थित हतियारसहित नेपाली भू–भागमा सिमाङ्कनको प्रयास गरेको हो । जानकारीबिना सीमा पिल्लर नम्बर ३३ आसपासको नेपाली भूभागमा एसएसबीले नेपालको भूमि नापिरहेको अवस्थामा देखेपछि सशस्त्र प्रहरी र स्थानीयले फिर्ता पठाएका थिए ।

सशस्त्र प्रहरीका अनुसार एसएसबीले हराएको सीमा पिल्लर खोजिरहेको बताएका थिए । तर यसबारे सशस्त्र प्रहरीलाई खबर थिएन । २०७६ तिर भारतीय तर्फबाट जारी भएको स्ट्रप नक्साले नेपाल तर्फको करिब एक हजार बिघा बढी जमिन, हुलाकी सडक, प्रयटकीय स्थल प्याराताल भारतमा देखाएको थियो ।

 

ताजा समाचार

सम्बन्धित समाचार