Saturday, July 27, 2024

बैतडीमा यू-१६ क्रिकेट हुँदै

प्रकाशित:

बैतडी । शहीद दिवसको उपलक्ष्यमा बैतडीमा १६ वर्षमुनिको पुरूष क्रिकेट प्रतियोगिता हुने भएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा प्रतियोगिता यही माघ ९ गते शुरु हुनेछ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दशरथचन्द खेलमैदान सुन्दरखालीमा माघ ९ गते उद्घाटन खेलमा दशरथचन्द एकेडेमी र त्रिपुरा क्रिकेट क्लब भिड्ने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिए। प्रतियोगिताको फाइनल खेल माघ ११ गते हुनेछ ।

उमेर समूहको यो प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार