Saturday, July 27, 2024

कञ्चनपुरको पुनर्वासस्थित त्रिभुवनबस्ती स्वास्थ्य चौकीमा एक्सरे मसिन थन्कियो

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा रहेको त्रिभुवनबस्ती स्वास्थ्य चौकीमा रहेको एक्सरे मसिन थन्किएको छ। संघीय सरकारबाट कोरोना महामारी अगाडि प्राप्त भएको मसिन कर्मचारी अभावमा थन्किएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कोरोना अवधिमा एमबीबीएस डाक्टर र रेडियोलोजि टेक्निसियनले केही समय मसिन चलाए पनि अहिले भने थन्किएको छ । स्वास्थ्य चौकीमा दिनहुँ एक्सरे गराउनुपर्ने बिरामी आउने गरेको भएपनि जनशक्ति नराखिदा समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।

स्वास्थ्य चौकी इन्चार्ज लक्ष्मीराज जोशीले चिकित्सक र टेक्निसियन नहुँदा एक्सरे मसिन प्रयोगविहीन रहेको बताए । उनले भर्खरै एमबीबीएस डाक्टर आएका भएपनि एक्सरेका लागि जनशक्ति अभाव रहेको बताए। एक्सरे चलाउने जनशक्ति नियुक्तिका लागि नगरपालिकालाई आग्रह गरिएको जोशीले बताए ।

जनशक्ति नियुक्त नहुँदासम्म एक्सरे चलाउन समस्या रहेको जोशीले बताए। यस विषयम थप बुझ्न पुनर्वास नगरपालिकको स्वास्थ्य शाखा प्रमुख राम धामीसँग कुराकानी गर्न खोज्दा उनकोफोन उठेन ।

ताजा समाचार

सम्बन्धित समाचार