Saturday, July 27, 2024

बस दुर्घटना हुँदा चालक सहित १४ जना घाइते

प्रकाशित:

दार्चुला । दार्चुलाबाट कञ्चनपुरका लागि छुटेको बस दुर्घटना हुदाँ चालक सहित १४ जना घाइते भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महाकाली यातायातको सुपप्र ००१ ख १०३१ नम्बरको बस शुक्रबार बिहान महाकाली नगरपालिका वडा नम्बर ५ किम्तडीस्थित फोहोर सङ्कलन केन्द्र नजिकै दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने, अन्यको अवस्था मध्यम छ । उनीहरूको दार्चुलास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको र थप अनुसन्धान गरिरहेको दार्चुला प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार