Saturday, July 27, 2024

सालकको खपटा सहित दुईजना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय सुख्खड कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मुडाबाट संरक्षित वन्यजन्तु सालकको अखेटोपहार खपटा सहित दुई जनालाई पक्राउ गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट प्रहरी नायव निरीक्षक सुशील चन्दको नेतृत्वमा खटिएको उक्त टोलीले कैलालीको जोशीपुर ४ बस्ने ३२ वर्षीय प्रेम चौधरी र कैलालीको भजनी ८ बस्ने ३५ वर्षीय परशुराम चौधरीलाई बिहीबार पक्राउ गरेको हो ।

उनीहरूको साथबाट दश किलोग्राम सालकको खपटा र सुपप्र ०१००८ प ३५१२ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुख्खड कैलालीको जिम्मा लगाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार