Saturday, July 27, 2024

टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु

प्रकाशित:

बैतडी । बैतडीमा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मेलौली नगरपालिका–०१ घर भएका सहचालक १९ वर्षीय रोहित दयालको मृत्यु भएको हो । रोहितको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले बताएका छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मेलौलीबाट पाटनतर्फ गइरहेको सुप्रप ०१ ००१ क २३९४ नम्बरको टिप्पर लामालेक हतरंगा जाने सडक नजिकै दुर्घंटनामा परेको हो । उक्त दुर्घटनामा परेर टिप्पर चालक मेलौली नगरपालिका–०१ का २४ वर्षीय गम्भीर टमटा सामान्य घाइते भएका छन् ।

त्यसैगरी चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त टिप्पर सडकबाट ५० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाकारी दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार