Saturday, July 27, 2024

जिल्लाको बस्तुस्थिति अवगत गराउन कञ्चन दर्पण नामक पुस्तक विमोचन

प्रकाशित:

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरले जिल्लाको बस्तुस्थिति अवगत गराउने उद्देश्यले मंगलबार कञ्चन दर्पण नामक पुस्तकको विमोचन गरेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जिल्ला समन्वय समितिको सभा हलमा विमोचन गरेको पुस्तकमा समावेश गरिएका र छुटेका विषयहरुलाई केलाउने हो भने धेरै कमी कमजोरी भएको पाइन्छ । मंगलबार नै जिल्ला समन्वय समितिमा बसेको एक बैठकले जिल्लामा रहेका द्वन्द पीडितहरुको तथ्याड्ढ संकलन गरेर पुस्तक प्रकाशन गर्नु पर्ने राय पेश गरेका छन् ।

कञ्चन दर्पण नामक पुस्तक जस्तै अधुरो अपुरो पुस्तक प्रकाशन गर्नुको कुनै औचित्य छैन । पुस्तक प्रकाशन गर्ने कुरो सामान्य होइन । त्यसैमा पनि जिल्ला समन्वय समितिले प्रकाशन गर्दा जिल्लामा रहेका सबै वर्ग समुदाय, सबै पालिका, सबै राजनीतिक दल, सबै धार्मीक र पर्यटकिय क्षेत्र समेटेको हुनु पर्ने हो । जिल्ला समन्वय समितिमा कुनै दल विषेशबाट प्रतिनिधित्व गरेर गएका होलान तर त्याहा पुगे पछि सबैको साझा बन्न सक्नु पर्दछ । कञ्चन दर्पण नामक पुस्तकमा धेरै धार्मिक एंम पर्यटकिय क्षेत्रहरु समावेश गरिएका छैनन् । वेलौरी नगर पालिकामा रेहा पर्यटकिय स्थलहरुको नाम नै समावेश गरिएको छैन ।

राजनैतिक रुपमा काखा पाखा गरिएको कारणले यस्ता महत्वपूर्ण पर्यटकिय स्थल छुटाइएका हुन वा सम्पादन गर्ने क्षमता, साधन स्रोतको र समन्वयको अभावमा समावेश हुन नसकेको हो त्यो सम्पादन मण्डलले जानोस । तर आग्रह पुर्वाग्रहले यस्तो गरिएको हो भने आपत्तिजनक छ । जिल्ला समन्वयले यस पछि द्वन्द पीडितहरुको तथ्याड्ढ संकलन गरेर पुस्तक प्रकाशन गर्ने भनेको छ । त्यसमा पनि यही पुस्तकको जस्तो केही समेटने केही छोडने हो भने द्वन्द पीडितहरु माथि ठूलो अन्याय हुन जान्छ । जिल्ला समन्वय समिति कञ्चनपुरले प्रकाशन गरेको पुस्तकको समिक्षा गर्न र आलोचना गर्न खोजिएको होइन तर जिल्लाको बस्तु स्थिति र सम्भावनाहरु केलाएर सबै क्षेत्रलाई समेटेर पुस्तक निकाल्न सकेको भए अझै राम्रो हुने थियो ।

जिल्ला समन्वय समिति कञ्चनपुरले प्रकाशित गरेको पुस्तकमा संघ र प्रदेशका मननीय सांसद नगर प्रमुख उप प्रमुख लगायत पालिकाका जनप्रतिनिधिहरुको नामावली र केही कार्यालयहरुको नाम र फोन नम्बर छन् । जो सबैले चिने जानका हुन र त्यसबाट कसलाई के लाभ पुग्ने हो कहि बुभ्न सकिदैन । जिल्ला समन्वय समिति कञ्चनपुरले लगानी गरेर निकालेको पुस्तकले जिल्लाको समग्र विकासमा केही न केही मदत पुग्ने हुनु पर्ने हो । तर यो पुस्तकमा त्यस्तो केही भेटिएन । त्यसैले आगामी दिनहरुमा प्रकाशन गर्ने भनिएको पुस्तकमा यस्तो उपलब्धी विनाको नहोस र सबै द्वन्द पीडितहरुको पहुच पुग्ने गरि सबैलाई समेटेर पुस्तक प्रकाशन गरियोस ।

 

ताजा समाचार

सम्बन्धित समाचार