Saturday, July 27, 2024

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले माघ १५ गतेदेखि अनलाइनमार्फत सेवा दिने

प्रकाशित:

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा प्रवाह गर्ने भएको छ । परीक्षा सञ्चालक समितिको आज बसेको बैठकले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा दिने निर्णय गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरुद्वारा दिइने सेवाहरु (ट्रान्सकृप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन) अनलाइन माध्यमबाट ई–पेमेन्टको सुविधासहित सेवा दिने भएको हो ।

यसको कार्यान्वयन विधिसहित विस्तृत जानकारी www.tuexam.edu.np मा माघ १० गतेका दिन दिइने पनिकाले जनाएको छ । यसअघि हिजो सोमबार अनलाइन डेमो गरिएको थियो।

FB_IMG_1705395296074

 

ताजा समाचार

सम्बन्धित समाचार