Saturday, July 27, 2024

डडेल्धुराको अमरगढी नगरपालिका विरुद्ध अख्तियारमा उजुरी बढ्दै

प्रकाशित:

डडेल्धुरा । डडेलधुरा सदरमुकाम अमरगढी नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी बढेका छन् । चालु आर्थिक वर्षमा मात्रै यस नगरपालिकाबाट सञ्चालित योजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरमा ३० वटा उजुरी परेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अख्तियारमा उजुरी बढ्दै जाँदा कर्मचारीको मनोबल घट्दै जाने अवस्था आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी उपाध्यायले बताए । उनले यो प्रवृत्ति ठिक नभएको गुनासो गरे ।

चालु आवका तीन महिना अख्तियारमा परेका उजुरीका कागजात मिलानमै बित्यो, उनले भने, ‘अमरगढीका अधिकांश योजनाविरुद्ध अख्तियारमा उजुरी परेका छन् । उजुरीको छानबिन गर्न अख्तियारले ताकिता गरिरहन्छ । काम गर्ने वातावरण नै बन्दैन । अख्तियारलाई कागजात मिलाउनमै समय जान्छ ।’

कसविरुद्ध कति उजुरी परे भन्नेबारे ठ्याक्कै भन्न सकिने अवस्था नरहेको अख्तियार कञ्चनपुर कार्यालय प्रमुख रमेश केसीले बताए ।

महालेखाले गरेको लेखापरीक्षणमा समेत बेरुजु देखाउने गरेको अमरगढीका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए । ‘अस्थायी, करारमा नियुक्त गरिएका कर्मचारीको तलब, अनुगमन भत्ता, खरिद गरेका सामग्रीमा समेत आन्तरिक लेखापरीक्षकको टोलीले बेरुजु देखाएपछि सम्झाउन बुझाउन निकै मुस्किल भयो,’ उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार