Saturday, July 27, 2024

दोस्रो वर्ष अझै उपलब्धिमूलक काम गर्छुः प्रधानमन्त्री प्रचण्ड

प्रकाशित:

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबका दिनमा आफूले देश र जनताका लागि अझै उपलब्धिमूलक काम गर्ने बताएका छन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सोमबार पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको कार्यक्रमको उद्घाटनका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

आफ्नो तेस्रोपटक प्रधानमन्त्री बनेको एक वर्षमा केही नयाँ मानक स्थापित गरेको र त्यसैको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धिमूलक काम गर्ने उनको दाबी थियो।

प्रधानमन्त्रीले भने, ु मैले तेस्रोपटक सरकारको नेतृत्व गरेको १ वर्षको अवधि पूरा भएको छ। एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौतीहरू सम्बोधन हुँदै गएका छन्।’

आफूले सरकारको नेतृत्व लिएका बेला अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा रहेको निर्वाचनबाट आएको त्रिअंकुश संसदले राजनीतिक स्थायित्व दिनेरनदिनेमा संशय रहेको अवस्थामा आफूले सफल रूपमा काम गरेको उनको दाबी छ।

त्यस्तै, प्रधानमन्त्रीले पछिल्लो एक वर्षमा आफ्नो नेतृत्वको सरकारले अर्थतन्त्रको क्षेत्रमा पनि उल्लेख्य सुधार गरेको बताए। अर्थतन्त्रमा सुधार हुँदै गएको हुनाले उद्योगी व्यवसायीहरूलाई पनि उत्साहित बनेर काम गर्न उनको आग्रह छ।

‘पछिल्लो एक वर्षको अवधिमा अर्थतन्त्रमा महत्त्वपूर्ण सुधार आएको छ। विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठूलो प्रगति भएको छ। पर्यटन आगमनमा गुणात्मक वृद्धि भएको छ । बैंकको ब्याजदरमा कटौती, सहकारी र लघुवित्तका समस्याको सम्बोधन, भुक्तानी सन्तुलन, विप्रेषणमा वृद्धिका साथै शिथिल भएको उद्योग–व्यवसाय क्षेत्र क्रमशः चलायमान हुन थालेको छ। तसर्थ उत्साही भएर काम गरौँ’ उनले भने।

२०७९ पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले प्रधानमन्त्री बनेको १ वर्षे कार्यकालमा पुस १० गते आफ्नो सरकार विभिन्न उपलब्धिहरू सार्वजनिक गरेका थिए।

ताजा समाचार

सम्बन्धित समाचार