Saturday, July 27, 2024

महेन्द्रनगरबाट करिब ३ लाख बराबरको समान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा करिब तीन लाखका सामान बरामद गरिएको छ । भीमदत्त नगरपालिका–६ बनगाँउबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ७१ हजार ५ सय मूल्य बराबरको चिनि, प्याज, तेल, दाल, प्लास्टिक झिल्लि, किरानाका सामान, लत्ताकपडा लगायतका सामान बरामद गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त नगरपालिका–११ बिद्युत कार्यालय नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख २४ हजार ४ सय मूल्य बराबरको चिनि, मिश्री, चौका, बेलुन, ब्याटमेन्टन, कर्क, टाउजर बरामद गरेको छ ।

जम्मा २ लाख ९५ हजार ९ सय मूल्य बराबरको सामान आईतवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जनाकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार