Saturday, July 27, 2024

कर्मचारी युनियन सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी युनियन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको १० औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियनका पुर्व अध्यक्ष गौराज लिम्बुको प्रमुख आतिथ्यतामा साधारण सभा गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कार्यक्रमका प्रमुख अतिथि लिम्बुले साधारण सभा उद्घाटन गर्दै सहकारीलाई सबै व्यावस्थित रुपमा संचालन गरि सबै कर्मचारी सम्म पुगाउन पर्नेमा जोड दिएका छन् ।सहकारीका अध्यक्ष रामेश्वर भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा सचिव तुला दत्त जोशिले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष मान बहादुर भन्डारीले आर्थिक र नरेन्द्र चन्दले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा निजामति कर्मचारी युनियन कञ्चनपुरका अध्यक्ष प्रेम शिह ऐर,निजामति युनियनको आधिकारिक टे«ड युनियन कञ्चनपुरका अध्यक्ष खगेन्द्र पन्डित,आधिकारिक टे«ड युनियन कञ्चपुरका पुर्व अध्यक्ष पदम राज जोशी,लगायत सहभागिहरुले शुभ कामना मन्तव्य राखेका थिए । सहकारीमा उत्कृष्ठ बचतकर्ताको रुपमा गंगा बिष्ट,डम्बरदेब पाण्डेय, डिल्लीराज लेखक नरेन्द्रदेब पन्त मिना कुवँर,करुणाकर पन्त,कमल शिह महतालाई स धन्यवाद सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा नयाँ शेयर सदस्यलाई शेयर सदस्यता प्रमाणपत्र वितरण गरेको छ । कार्यक््रmममा सहकारी अध्यक्ष भट्टलाई सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लिम्बुले अध्यक्ष भट्टलाई सम्मान पत्र प्रदान गरेको थियो । सहकारीले गत आर्थिक बर्ष २०७९÷०८० मा ५७ लाख ८१ हजार रुपैँया बराबरको कारोबार गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार