Saturday, July 27, 2024

श्रीकृष्ण सामुदायिक वनको २२ औं साधारण सभा सम्पन्न

प्रकाशित:

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ११ अमरपुर स्थीत श्रीकृष्ण सामुदायिक वनको २२औं साधारण सभा आइतवार सम्पन्न भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सामुदायिक वनका अध्यक्ष अमर बहादुर ऐरको सभापतित्वमा आयोजना गरिएको सभाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी रहनु भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्नु हुदै मन्त्री धामीले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागुभै खारेज भएका सामुदायिक वनहरुमा ढलापडा रुखहरु सङकन गर्न दिने निर्णय गरिएको बताउनु भयो ।

उहाँले वन व्यवस्थपान कार्यक्रम खारेज हुदा तीन वर्ष देखि सामुदायिक वनहरुले काठ, दाउरा सहित अन्य वन पैदावार सङकलन नहुदा उपभोक्ताको पिरमार्कालाई मध्यजनगर गरी सुख्खा, ढलापडा रुख सङकलन गर्न पाउने र झाडी सरसफाई गर्ने कार्यका लागि सम्बन्धीत कार्यालयहरुमा परिपत्र गरि सकिएको बताउनु भयो ।

उहाँले स्थानिय बासिन्दाले यहाँका सामुदायि वनहरुमा उपलव्ध काठ उत्पादन गर्न नपाउने विदेशबाट निर्यात गरेर ल्याईएको काठ प्रयोग गर्न बाध्य पार्ने नीतिको अन्त्य हुनु पर्ने बताउनु भयो ।

माघ महिना भित्रै मन्त्रालयले पुनःउत्पादन प्रणालीमा आधारित कार्यक्रम ल्याउन लागिएको जानकारी दिनु हुदै उहाँले कार्यक्रम सञ्चालनमा सबैको सहयोग र सहकार्यको आवश्यकता रहेको बताउनु भयो ।

मन्त्री भएको छ महिना भएको उल्लेख गर्नु हुदै उहाँले खुट्टा तान्ने प्रवृतिका कारण सहज रुपमा कार्य गर्न नपाएको गुनासो गर्नु भयो । कार्यक्रममा सहभागी संविधान सभा सदस्य टेकेन्द्रप्रसाद भट्टले सामुदायिक वनका उपभोक्ताको मागलाई दीगो व्यवस्थापन गर्नका लागि योजनावद्ध रुपमा कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भयो ।

मन्त्री धामीलाई आर्यघाट, फोहर व्यवस्थापन केन्द्र र घरवासको अबलोकन गराईएको जानकारी दिनु हुदै यसको विकासका लागि भरपर्दो योजना ल्याउनका लागि आग्रह गर्नु भयो ।

सुदूरपश्चिम प्रदेश सभाका पूर्व सदस्य महेशदत्त जोशीले ऐन छिटो पारित नहुदा तीन वर्ष देखि उपभोक्ता काठ, दाउरा पाउनबाट बञ्चित रहदै आएको बताउनु भयो । घाट गद्दीबाटै काठ, दाउरा उपलव्ध गराई कोही पनि चोरी तस्करीका लागि वन क्षेत्र प्रवेश नगर्ने बताउनु भयो ।

सामुदायि वनमा राजनीति हुनुहुदैन भन्ने पक्षमा रहेको उल्लेख गर्नु हुदै पदाधिकारी छनौटको कार्य सर्वसम्मतीका आधारम ाचयन गरिनु पर्छ नकी चुनाव हुनु पर्छ उहाँले भन्नु भयो ।

शुक्लाफाँटा नगरपालिकाका निवर्तमान नगर प्रमुख दिल बहादुर ऐरले नगर प्रमुखको पदमा रहदा सामुदायिक वनलाई तटबन्ध निर्माणमा रु पाँच लाख, फोहरमैला व्यवस्थापन केन्द्र तर्फ जाने सडक निर्माणका लागि रु १० लाख, सामुदायिक वनमा तारजाली राख्नका लागि रु २५ लाख र सामुदायिक वनका पदाधिकारी उपभोक्तालाई अरु जिल्लाको फोहरमैला व्यवस्थापन कार्य बारे जानकारी गराउनका लागि अवलोकन भ्रमण गराउन रु २२ लाख गरी जम्मा रु ६५ लाख जतिको सहयोग गरिएको बताउनु भयो । उहाँले सामुदायिक वनका उपभोक्ताको हितमा काम गर्न अझै इच्छुक रहेको बताउनु
भयो ।

डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त डिभिजन प्रमुख कालिराम चौधरीले वैज्ञानीक वन व्यवस्थापन कार्यक्रम लागु भएका कञ्चनपुरका १२ वटा वनबाट ढलापडा रुखहरु सङकन गर्न पाउने मन्त्रालयबाट नीतिगत निर्णय भैसकेको बताउनु भयो ।
वडा अध्यक्ष एवं सामुदायिक वनका पूर्व अध्यक्ष शेर बहादुर साउदले सामुदायिक वनका हरेक कार्यक्रममा आफनो सहयोग रहने बताउनु भयो ।

वडा अध्यक्ष बहादुर सिंह महराले सडक, घर आँगनमा रहेका काठ रुखहरु काटन खोजे कानुन लाग्ने तर हजारौं रुखहरु नदी खोलामा बगेर भारत पुग्दा त्यसको संकलनका लागि कसैको ध्यान नजाने गरेको बताउनु भयो । कानुन जतनताको पक्षमा बन्नु पर्ने उहाँको भनाई थियो ।

अर्का वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले सामुदायिक वनको साधारण सभाको सफलताको कामना गर्नु भएको थियो । सामुदायिक वनका पूर्वअध्यक्ष करन सिह ऐरले वन संरक्षण सम्बन्धी गीत गाएर सचेत पार्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री धामीले सामुदायिक वनका पुर्व अध्यक्षहरू शेर वाहादुर साउद,करन सिंह ऐर,दिल वहादुर वुढा एवं संस्थापक सदस्य प्रकाश सिंह ऐरलाईलाई वन संरक्षण सम्बर्द्धन गरे वाफत साधारण सभाका क्रममा सम्मानित गर्नु भएको थियो ।

त्यस्तै सामुदायिक वनका संस्थापक अध्यक्ष स्व.लालबहादुर ऐरलाई मरणोपरान्त सम्मान वहाँका छोरा नरेन्द्र ऐरलाई पूर्व सुदूरपश्चिम सभाका सदस्य महेशदत्त जोशीले गर्नुभएको थियो ।

साधारण सभामा आर्थिक वर्ष २०७९/०८० को रु १५ लाख ५१ हजारको आय व्ययको बार्षिक प्रतिवेदन सामुदायिक वनका कोषाध्यक्ष राजु रानाले प्रस्तुत गर्नु भएको थियो ।

साधारण सभाका अतिथिहरुलाई स्वागत मन्तव्य मार्फत सामुदायिक वनका सचिव बिष्ना ऐरले स्वागत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सामुदायिक वनका सह सचिव अतुल बहादुर ऐरले गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार