Saturday, July 27, 2024

वडा अध्यक्ष खड्काको महाकालीमा दाहसंस्कार

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खड्काको शनिबार महाकाली नदीमा दाहसंस्कार गरिएको छ । दुई दिन अघि ऐठपुरस्थित महाकाली सिँचाई नहर किनार बाटोमा मृत भेटिएको वडा अध्यक्ष खड्काको हिन्दू परम्परा अनुसार महाकाली नदीमा अन्त्येष्टि गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महाकाली नदीको भुजेला घाटमा खड्कालाई उनका दुई छोराले दागबत्ती दिएका छन् । खड्काका ८७ वर्षिय बुवा समेत उनका दाहसंस्कारमा सहभागी भए ।४७ वर्षिय खड्का २०७९ बैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् । उनी भीमदत्त नगरपालिकाको नगर प्रवक्ता थिए ।

स्वर्गिय खड्काका आमा बुवा, श्रीमति र दुई छोरा छन् । काँग्रेसका क्षेत्रीय प्रतिनिधि खड्का यस अघि वडा सभापति थिए ।बिहीबार विहान नहर किनार बाटोमा मृत भेटिएपछि उनको शवलाई महाकाली प्रादेशिक अस्पताल ल्याइएको थियो । शुक्रबार शव जाँच९पोष्ट मार्टम० पछि दिउँसो ऐठपुरस्थित घर लगिएको हो । बिहीबार शव घर लगेपछि साँझ दाहसंस्कार गर्ने तयारी गरिए पनि घर परिवारले अनिच्छा देखाएको थियो ।

स्वर्गिय खड्काको ऐठपुरस्थित घरबाट शनिबार विहान शव यात्रा सुरु भएको थियो । खड्काको शवलाई त्रिवेणी आधारभूत विद्यालय, चमचोक भएर भीमदत्त नगरपालिका कार्यालय पुगाईको थियो । नगरपालिका कार्यालयमा श्रद्धाञ्जली अर्पणपछि शवलाई शव वाहन राखेर शव यात्रा महाकाली नदीतर्फ प्रस्थान गरेको थियो ।

खड्काको शव यात्रामा राजनीतिक दलका नेता, जनप्रतिनिधि, स्थानीय, आफन्त सहित सयौ जना सहभागी भए । शव यात्रा अघि घरमा उनको पार्थिव शरिरमा सुदूरपश्चिम प्रदेश सभा सदस्य एबम् काँग्रेस कञ्चनपुरका पूर्व सभापति बहादुर सिह थापा लगायतले श्रद्धाञ्जली अर्पण गरे ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य थापा सहित भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगा जोशी सहित दाहसंस्कार सहभागी भए ।काँग्रेसका युवा नेता खड्काले मिलनसार र व्यवहारिक नेताको छवि बनाएका थिए । स्थानीय तह निर्वाचनमा उनले एक हजार बढी मत ल्याएर निर्वाचित भएका थिए भीमदत्त नगरपालिकाले वडा अध्यक्ष खड्काको घट्ना छानबिनका लागि स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार