Saturday, July 27, 2024

पोष्टमार्टमपछि वडा अध्यक्ष खड्काको शव महाकाली अस्पतालबाट घर लगियो, शनिबार दाहसंस्कार गरिने

प्रकाशित:

महेन्द्रनगर । महाकाली सिँचाई नहर किनारको बाटोमा बिहिबार मृत भेटिएका भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खड्काको शवलाई घर लगिएको छ । महाकाली प्रादेशिक अस्पतालमा शव जाँच९पोष्ट मार्टम पछि खड्का शवलाई शुक्रबार घर लगिएको हो । शुक्रबार अस्पतालमा खड्काको शव जाँच गरिएको थियो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बिहीबार विहान मृत भेटिएपछि उनको शवलाई अस्पताल लगिएको हो । नेपाली काँग्रेस कञ्चनपुर सह सचिव नाफू सिह साउँदले अस्पतालमा शव जाँचपछि खड्काको शवलाई घर लगिएको बताए । खड्काको शनिबार दाहसंस्कार गरिने उनले जानकारी दिए ।

भीमदत्त नगरपालिकाको सार्वजनिक सुनुवाईमा सहभागी वडा अध्यक्ष खड्का बिहीबार विहान मृत भेटिएका हुन् । २०७९ बैशाख ३० गतेको निर्वाचनमा उनी काँग्रेसबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् । उनी भीमदत्त नगरपालिकाको नगर प्रवक्ता थिए ।

वडा अध्यक्ष खड्काको निधनपछि वडामा शोकमय भएको छ । शव घर लगेपछि ऐठपुरस्थित उनको घरमा छिमेकी, आफन्त, स्थानीय, राजनीतिक दलका नेता लगायत विभिन्न क्षेत्रका व्यक्ति पुगेका छन् ।

खड्काका आमा बुवा, श्रीमति र दुई छोरा छन् । भारत र काठमाडौंमा अध्ययनरत उनका दुबै छोरा घर पुगि सकेका छन् । भीमदत्त नगरपालिकाको कार्यपालिका बैठकले बिहीबार घट्ना छानबिनका लागि स्थानीय प्रशासनलाई आग्रह गरेको थियो । भीमदत्तले उनको निधनमा आइतबार शोक विदा दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार