कञ्चनपुरको गुलरिया बजारमा आगलागी

प्रकाशित:

महेन्दनगर । कञ्चनपुरको गुलरिया बजारमा आगलागी भएको छ । कृष्णपुर नगरपालिका – ५ गुलरियामा रहेको शिवराज बिष्टले संचालन गरेको फेन्सी पसलमा आगलागी भएको हो ।

२ वटा सटरमा संचालित उक्त पसलमा आगलागी हुदा सबै सामान जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । आगलागी अहिले नियन्त्रणमा लिईसकिएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रण गर्न अत्तरिया र झलारीबाट दमकल पुगेका थिए । अहिले प्रहरी घटनास्थलमै रहेको छ । प्रहरीले क्षतिको विवरण सकलन गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार