Saturday, July 27, 2024

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत गौलीको विदाई, महेश बम नयाँ हाकिम आउँदै

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीको विदाई गरिएको छ । केही दिन अघि प्रमुख प्रशासकीय अधिकृत गौलीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको थियो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नगरपालिका बुधबार साँझ गौलीको विदाई कार्यक्रम गरिएको छ । विदाई अघि उनी नगर सभा कक्षमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भएका थिए । उनले नगरपालिकाको गत आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

प्रमुख प्रशासकीय अधिकृत गौलीको अपरान्ह ४ बजे विदाई कार्यक्रम राखिएकोमा सार्वजनिक सुनुवाईका कारण ढिलो भएको हो ।

स्थानीय निकाय सञ्चालनका अनुभूवी प्रमुख प्रशासकीय अधिकृत गौली गत आर्थिक वर्षको सुरुमा हाजिर भएका हुन् । अघिल्लो आर्थिक वर्षको चैतमा भीमदत्तको उनको सरुवा भए पनि जेठमा भएको स्थानीय तह निर्वाचनका कारण उनी नयाँ आर्थिक वर्षमा मात्रै हाजिर भएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत गौलीले असहज अवस्थामा पनि भीमदत्तको कुशल प्रशासनिक नेतृत्व गरे । उनले सरुवा भएपछि पनि भीमदत्तको १४ औं नगर सभा गराएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत गौलीले कर्मचारी अभाव भएपछि आफ्नो कार्यकक्ष छाडेर आफैं कार्यालयका शाखा उप शाखा धाएर सेवाग्राहीका कामकाज गर्दै आएका थिए । अख्यितार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नगरपालिकाका कर्मचारी निलम्बनमा परेर समस्या आएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गौलीले ती सबै असहजतालाई सामना गरी प्रशासनको नेतृत्व गरेका छन् । सबैसित सहकार्य र समन्वय गर्ने सक्ने स्वभावका गौलीले पछिल्लो पटक भीमदत्तबाट सरुवाका लागि पटक पटक मन्त्रालय धाएका थिए
भीमदत्तको प्रशासनिक नेतृत्व बाहेक उनले यस अवधिमा मेयर उप मेयरका तर्फबाट समेत धेरै ठाउँमा जवाफ दिएका छन् । भीमदत्तको १३ औं नगर सभामा उनले कार्यपालिका सदस्यलाई सम्झाएर चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएका थिए ।

नगरपालिकाबाट विदाई हुन अघि भने उनी निलम्बित कर्मचारीलाई काममा लगाएको विषयले विवादमा तानिएका छन । भीमदत्तको १४ औै नगर सभामा निलम्बित कर्मचारीलाई काममा लगाएको विषय उठेको थियो । त्यसमा उनले कर्मचारी अभावका कारण काममा लगाउनु पर्ने बाध्यता भएको प्रष्टीकरण दिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत गौलीको स्थानमा महेश बहादुर बम नयाँ प्रमुख प्रशासकीय अधिकृत आउन लागेका छन् । दार्चुलाको दुहु गाउँपालिकामा कार्यरत बम केही दिन अघि नै विदाई गरी आई सकेका छन् ।नयाँ प्रमुख प्रशासकीय अधिकृत बम पनि स्थानीय निकाय र स्थानीय सरकार सञ्चालनका अनुभवी मानिन्छन् ।

ताजा समाचार

सम्बन्धित समाचार