Saturday, July 27, 2024

जनताको सेवाकालागि मिसन बनाएर हिँडिरहेका छौंः परराष्ट्रमन्त्री साउँद

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जनताको सेवाका लागि मिसन बनाएर हिँडिरहेको बताउनुभएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पर्ने झलारीमा बुधवार आयोजित नेपाल दलित सँघको अन्तर्कृया कार्यक्रममा यस्तो बताउनु भएको हो ।

‘अन्य पार्टीहरुले मिसन ८४ भनिरेहका छन्, कांग्रेस पार्टीमात्रै मिसन ८०, ८१ बनाएर दैनिक जनताको सेवामा हिँडिरहेको छ,’ उहाँले भन्नुभयो । मन्त्री साउदले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको समेत बताउनुभयो ।

‘अर्थतन्त्र जसरी जसरी गतिमा जानुपथ्र्यो, त्यसरी जान सकेको अवस्था छैन । अघिल्ला सरकारले खर्च धेरै गरेर आम्दानी गर्न नसकेका कारण अर्थतन्त्र जोखिममा छ,’ उहाँले भन्नुभयो, ‘तर सरकार त्यसको सामना गरेर अघि बढिरहेको छ ।’
साउदले दलित समुदायलाई संविधानले संरक्षण गरेको समेत बताउनुभयो । उहाँले दलित समुदाय देशभर छरिएर रहेकाले वर्गिय प्रतिनिधित्व कम भएको समेत बताउनुभयो ।

आर्थिक कारणबाट दलित समुदाय त्यसमाथि पनि महिलाहरु पछाडि परिरहेको भन्दै मन्त्री साउदले संविधानले दलित समुदायलाई संरक्षण गरेको बताउनुभयो ।

उहाँले सबै बराबर रहेको बताउँदै मिलेर अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो । महिला सशक्तिकरण बलियो हुँदै गएको मन्त्री साउदको भनाई थियो ।

उहाँले कञ्चनपुरका आरक्षपीडित्को समस्या समाधानका लागि सरकारले काम गरिरहेको पनि बताउनु भयो । परराष्ट्रमन्त्री साउदले डुबानको समस्या समाधानका लागि आफूले अर्बौको परियोजनाबाट दीर्घकालिन रुपमा नदी नियन्त्रणका लागि काम गरिरहेको पनि बराउनु भयो ।

ताजा समाचार

सम्बन्धित समाचार