Saturday, July 27, 2024

बागफाँटा बालिका बलात्कार काण्ड ः अभियुक्त थप एकजनालाई पक्राउ गर्ने कञ्चनपुर प्रहरी अझै असफल

प्रकाशित:

बागफाँटा बालिका बलात्कार काण्ड ः अभियुक्त थप एकजनालाई पक्राउ गर्ने कञ्चनपुर प्रहरी अझै असफल
महेन्द्रनगर । पुषमा कञ्चनपुरको भीमदत्त नगपालिका १९ बागफाँटाकी साढे १५ बर्षिया नाकाबालिका माथि बलात्कार गर्ने एक अभियुक्त अझै फरार छन । उनलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बालिका बलात्कारको आरोपमा २७ बर्षिया प्रेमप्रकास जोशीलाई पक्राउ गरेपनि अर्का दोषि बिरेन्द्र पन्तलाई अझै पक्राउ गरेको छैन । सोमबार सम्ममा यो समाचार तयार पारुन्जेलसम्म पन्त पक्राउ परेका थिएनन ।

घटनाका एक मात्रै दोषिलाई पक्राउ गरेर अर्कालाई पक्राउ नगरेको भन्दै पीडित परिवारले प्रहरीको भूमिकाप्रति आशंका व्यक्त गरिरहेका छन । पीडित बालिकाकै बाबुले घरबाटै काम छ भन्दै बोलाएर निकुञ्जको पिटरको घरमा लगेर सामुहिक बलात्कार गरेको जघन्य घटनामा समेत प्रहरी गम्भिर नभएको दुखेसो पोखे ।

‘घटनाका एक मात्रै दोषिलाई पक्राउ गरेको छ, ‘उनले भने, ‘दुई साता वितिसक्दा पनि प्रहरीले अर्कालाई पक्राउ गरेको छैन ।’ बिरेन्द्र पन्तलाई लुकाएको भगाएको उनको आरोप छ । यसैविचमा आफुलाई पीडिक पक्षबाट धाकधम्की, लोभ प्रलोभनदेखिका दवाव आईरहेको छ । ‘मलाई गाँउको घटना मिल्नुपर्छ भन्दै विभिन्न व्यक्तिबाट दवाव, प्रभाव देखाई रहेका छन, ‘पीडित बालिका बाबुले भने, ‘मेरै छोरीमाथि अन्याय भएको छ, म कसरी मिल्नु ।’ उक्त घटनामा कञ्चनपुरका अधिकारकर्मीले समेत पीडित पक्ष गरिब र पहुँच छैन भन्दैमा मिलाउनेदेखि कसैलाई बचाउन चलखेल गरे आन्दोलनको चेतावनी दिएका छन ।

अधिकारकर्मी माया नेगीले घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि गरिन । उनले घटनाका सत्यतथ्य गरेर दोषि उपर कार्बाहीको माग गरिन । अर्की अधिकारकर्मी शारदा चन्दले विगतमा प्रहरीले बलात्कार, हत्या जस्ता घटनामा चलखेल गरेकै कारण निर्मला घटना ब्यूत्याउन नहुने बताईन । उनले घटनामा संलग्न जो कोहीलाई पनि कार्बाही गर्नुपर्ने बताईन । कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले उक्त घटनामा फरारको खोजी कार्य भईरहेको बताए । घटनाको निष्पक्ष छानबिन हुने बताउँदै सेटिङ्ग मिलाउने बजारमा आएका हल्ला निराधार भएको बताए ।

फरार व्यक्तिको खोजी कार्य जारी रहेको बताँउँदै प्रवक्ता डाँगीले पीडित पक्षलाई घरमा आएर दवाव दिएको विषयमा प्रहरीमा जानकारी नआएको बताए । पीडित बालिका अहिले सुरक्षित गृहमा रहेकी छिन ।

ताजा समाचार

सम्बन्धित समाचार