Saturday, July 27, 2024

पुनर्वासमा वैदेशिक रोजगार दाता संगको सहकार्यमा वडाद्धारा बालबालिकालाई न्यानो लूगा वितरण

प्रकाशित:

किशोर तामाङ ।
पुनर्वास । कञ्चनपुुरको पुनर्वास नगरपालिका – ४ जनकबस्ती स्थित दुुर्गा माध्यमिक बिद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । पुनर्वास नगरपालिका वडा नम्बर ४ बाट बैदेशिक रोजगारमा रहेका मनकारी ब्यक्तिहरुको सहायोग एवम् सहकार्य रहेको न्यानो कपडा बितरण कार्यक्रममा पुनर्वास नगरपालिका वडा नम्बर ४ सँगको सहकार्यमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरी पुुनर्वास नगरपालिका वडा नम्बर ४ का अध्यक्ष मनोज जैसीले बालबालिकाहरूलाई टिसर्ट र ट्रयक्सुुट सेट वितरण गरेका हुन् । उनले वडाभित्र बसोबास गर्ने हाल वैदेशिक रोजगारीका क्रममा परदेशमा रहेका व्यक्तिहरुबाट आर्थिक संकलन गरी न्यानो कपडा बितरण गरेको बताए ।

बितरण गरिएका ट्रयक्सुुट सेटले विपन्न बालबालिकालाई चिसोबाट जोगाउन सहयोग पुग्ने अध्यक्ष जैसीले बताए । उनले विपन्न बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएकोमा सम्पुुर्ण दाताहरुलाई धन्यवाद दिँदै यस्ता राहत स्वरूपका कार्यक्रमहरुलाई निरन्तरता दिन सरोकारावाला संग आग्रह गरे ।

दुुर्गा माध्यमिक बिद्यालयमा कक्षा नर्सरी देखी कक्षा ५ सम्मा अध्ययनरत १७५ जना बालबालिकालाई न्यानो कपडा स्वरूप टिसर्ट र ट्रयक्सुुट सेट वितरण गरिएको वडा नम्बर ४ का वडा सदस्य रेवन्ती रमण घिमिरेले बताए ।उनले आगामी दिनहरुमा पनि यसरीनै वडा भित्र रहेका जेष्ठ नागरिक र गरिव अति बिपन्न वर्ग लक्षित कार्यक्रम समेत गर्ने लक्ष्य रहेको जानकारी दिए ।

चिसोको समयमा समेत पातलो कपडा लगाएर विद्यालय आउने गरेका बालबालिका न्यानो कपडास्वरूप टिसर्ट र ट्रयक्सुुट सेट पाएसँगै खुसी भएका छन् । मनकारी व्यवसायी नरेन्द्र श्रेष्ठले स्थानिय सरकारको असहाय र आर्थिक अवस्था कमजोर भएकाहरूको सहयोगका लागि कपडा वितरण कार्यक्रममा स–साना विद्यार्थीहरुको लागि चिसो बढी रहेको बेला यसरी सहयोग गर्न पाएकोमा खुुशी ब्यक्त गरे ।

यसैगरी स्थानिय समाजसेवी मिनराज जि।सी। ले भने वडास्तरबाट सञ्चालन गरिएको अभियानमा मनकारी मनहरुले विपन्न परिवारका बालवालीकाहरुलाई न्यानो लुगा वितरण गरी विद्यार्थीहरुलाई चिसोबाट जोगाएको हुँदा वडावासहरु निकै खुसि भएको बताए । उनले विद्यार्थीहरुको लागि गरिएको सहयोगले पढाइमा मनोवल र चिसोमा सहजता पूर्वक विद्यालयमा पढ्न आउन जान मद्दत पुग्ने बताए ।

सामुदायिक विद्यालयको क्षमता अभिवृद्धि, मानव संसाधन व्यवस्थापन गर्ने, नेतृत्वदायी भूमिकाको लागि पेशागत विकास गरी सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोको रुपमा विकास गर्न सामुुदायिक बिद्यालयका बिद्यार्थी अभिभावक लक्षित कार्यक्रमहरु जन स्तरबाटै शुुरु गरिएको एकदमै सर्हानिय कार्य भएको विद्यालयका प्रधानाध्यापक बिनोद चन्दले बताए ।

उनले सामुदायिक विद्यालयको खस्किँदो गुणस्तरमा सुधार ल्याउन वडाध्यक्ष लगायतको टीमले आवश्यक सुधारका लागि गरेको पहल प्रति धन्यवाद दिदै न्यानो कपडा अन्तर्गत बालबालिकालाई उपलब्ध गराइएको ट्रयक्सुुट सेटले चिसो मौसममा राहत पुगेको विद्यालयका प्रधानाध्यापक चन्दले बताए ।

विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालयमा लगाउने न्यानो लुगा पाउँदा विद्यार्थीहरु दाता प्रती निकै खुसी भएका छन ।’ दुुर्गा माध्यमिक बिद्यालयमा अद्ययनरत बिद्यार्थीहरुले चिसो मौषमको समयमा आफूहरु विद्यालयमा उपस्थित हुन निकै समस्या भईरहेको अवस्थामा चिसोको मौषममा न्यानो लुगा पाए पछी निकै खुुशी भएका छन ।

आफनो छोरा छोरी परदेशमा बसेरै भएपनि आफनो गाऊ ठाऊका लागि आफूले खाजा खाने रकमबाट बचाएर समाजमा केही गर्नु पर्छ भन्ने उद्देश्यले आज विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको कार्यप्रति गौरव महसुुस गरेकोे दाताका अफान्तहरुले बताईन ।

उनीहरुले बिद्यालयमा पढ्ने बालबालिकाहरु कोही पनि आर्थीक अभावका कारण पढाइबाट बन्चित हुन नपरोस र पढाईलाई निरन्तरता दिउन भन्नका लागि आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुमा अग्रसर हुन आफनो छोराहरुलाई सल्लाह सुुझाव र हौसाला दिने बताईन ।

न्यानो कपडा बितरण कार्यक्रममा पुुनर्वास नगरपालिक वडा नं। ४ का पदाधिकारीहरुको साथमा सहयोगी सामाजिक अभियान्ता , शिक्षक,अभिभवक तथा सञ्चारकर्मी समेतको सहभागिता रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार