Saturday, July 27, 2024

कक्षा १० मा अध्ययनरत विद्यार्थीले बनाए रोबोट

प्रकाशित:

कैलाली धनगढीका एक युवकले रोबोट बनाएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा बस्ने ललित बोहराले उक्त रोबोट बनाएका हुन्। बोहरा सरस्वती माध्यमिक विद्यालय गेटामा कक्षा १० मा अध्ययनरत छन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

यसै विषयमा सुदूरपश्चिमका चर्चित साइकल राइडर भरत विक्रम शाह (फार्वेस्टर्न राइडर) ले आफ्नो युट्युब च्यानलमा भिडियो सार्वजनिक गरेका छन्। राइडर शाहको भिडियोमा बोहराले बनाएको रोबोट तथा उनले बनाएका आविश्कारकहरू देख्न सकिन्छ।

भिडियोमा बोहराले सानैदेखि बिग्रेका टिभी, रेडियो, टर्च लाइट, खोलेर हेर्ने र बनाउने प्रयास गर्ने गरेको बताएका छन्। उनले भनेका छन् ‘सानैदेखि बिग्रेका टिभी, रेडियो, टर्च लाइट, खोलेर हेर्थे र बनाउने प्रयास गर्थे। कहिलेकाहीँ त नबिग्रेका टर्चलाइट समेत खोलेर हेर्थे अनि घरबाट गाली पाइन्थयो। घरबाट त्यसरी टर्चलाइट बिगार्दा यती गाली मिल्दैछ भने यस्तै गरी मैले पनि बनाउन सक्यो भने धेरै इज्जत र सम्मान पाउने सोच मनमा आउँथ्यो।’

सामान्य घरपरिवारमा हुर्केका बोहराकी आमाले आफू पढेका भएतापनि उनलाई उक्त कार्य गर्नको सँधै प्रेरणा दिइराखेको र आमाको हौसला र साथ पाएपछि उक्त कार्य गर्न थफ जोस जाँगर बढेर आएको बोहराले बताएका छन्। २०७२ सालमा धनगढी आएका उनी आर्थिक अवस्था कमजोर हुँदा फर्केर गाउँ जानुपर्ने अवस्था आएको तर एकजना सरले उनलाई पढाइदिने भएपछि आफू धनगढीमै बसेको उनले राइडर शाहसँगको अन्तरवार्तामा बताएका छन्। बोहराले विदेशमा रहेका एकजना सरले यो कार्यको लागी निरन्तर सहयोग गरिरहेका र आफू पढ्ने विद्यालयका सरहरूबाट समेत अचेल साथ र सहयोग मिलिरहेको बताएका छन्।

बोहराले रोबोट निर्माण गर्न प्रोग्रामिङ, मेकानिकल, डिजाइनिङ, इलेक्ट्रोनिक लगायतको ज्ञान लिनुपर्ने बताएका छन्। उनले भनेका छन् रोबोट निर्माण गर्दा प्रोग्रामिङ, मेकानिकल, डिजाइनिङ, इलेक्ट्रोनिक लगायतको ज्ञान लिनुपर्ने हुन्छ यसरी धेरै प्रकारका नलेजहरूलाई एकैमा कम्बाइन गरेर एकखालको प्रोजेक्ट बन्छ जुन हो रोबोट।

उनले अहिले आफूले बनाएको रोबोट सामान्य भएको र आँउदो दिनमा थप बजेट भयो भने रोबोटलाई थप मोडिफाइ गर्न सकिने बताए। उक्त रोबोट तयार गर्न ५ महिना लागेको बोहराले शाहसँगको अन्तरवार्तामा बताएका छन्। रोबोट बनाउन धेरैजसो समान नेपालमा नपाइने र बाहिरबाट मगाउँदा महँगो हुने उनले बताए। त्यसकारण पनि रोबोट बनाउन बढी समय लागेको उनको भनाइ रहेको छ। उक्त रोबोट बनाउन उनका २ जना साथीले समेत सहयोग गरेका थिए। रोबोट ६० हजारको लागतमा तयार भएको छ भने १ लाख ५० हजार सम्म पनि बजेट भयो भने रोबोटलाई झन राम्रो बनाउन सकिने बोहराको भनाइ रहेको छ।

बोहराले बनाएको रोबोट नेपाली, अङ्ग्रेजी र हिन्दी तिन वटै भाषा बोल्न सक्ने र रोबोटले हात, टाउको चलाउन सक्छ भने, शब्द उच्चारण गर्छ। यो रोबोट पाङ्ग्राको मद्दतले हिड्ने गराइएको छ। सानै उमेरबाट रोबोटको सपना बुनेका बोहराको पहिलो सफलता गतवर्षमात्रै मिलेको थियो। ‘नेपालमै आधुनिक रोबोट बन्छन् भन्ने प्रमाणित गर्ने सोच छ, सकेसम्म मेहनत गर्छु’ बोहराले भने।

ताजा समाचार

सम्बन्धित समाचार